Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सूर्यविनायक- जगाती सडक अतिक्रमण हटाएर सडक फराकिलो गरिदै

Machhapuchchhre Bank Limited

१४ असार, भक्तपुर- सूर्यविनायक नगरपालिका र डिभिजन सडक कार्यालय भक्तपुरले सूर्यविनायक चोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु गरेको छ ।

वर्षौँदेखि व्यापारीको अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु गरेको हो । डिभिजन सडक कार्यालयले पटकपटक सूचना जारी गरी सडक अतिक्रमण गरेर बनाइएको टहरा, पर्खाल र थुपारिएको निर्माण सामाग्री हटाउन अनुरोध गर्दै आएका थिए । उक्त सूचनालाई अटेर गरेपछि गत बिहिबार हटाउन खोज्दा तीन दिन समय मागेका थिए ।

तीन दिन समय माग गरेपनि छ दिनसम्म नहटाएपछि जगाती क्षेत्रबाट सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालिएको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापाले जानकारी दिए । वडाध्यक्ष थापाको नेतृत्वमा गएको सडक डिभिजन कार्यालय, स्थानीय बासिन्दा र प्रहरी सहितको टोलीले सडक विस्तार सुरु गरेको हो ।

अरनिको राजमार्गअन्तर्गत उक्त सडक ८२ फिट मापदण्ड मिचेर व्यापारीले सडकमा थुपारिएको निर्माण सामग्री हटाउने र टहरा भत्काउने कार्य नगरेपछि जनप्रतिनिधिको अग्रसरतामा त्यस्ता सामग्री एवम् टहरा हटाइएको हो । सडकमा व्यापारीले वर्षौँदेखि बालुवा, रोडा, ढुङ्गा, डण्डीलगायत निर्माण सामग्री थुपारेर व्यापार गर्दै आएका थिए भने कतिपयले टहरा हालेर व्यापार गर्दै आएका थिए ।

सडक क्षेत्रको अतिक्रमणका कारण हरेक वर्ष वर्षा लागेपछि स्थानीय बासिन्दा र पैदल यात्रीलाई हिँडडुल गर्न समस्या पर्ने, सडकमा पानी जमेर खोला जस्तै बन्ने गरेकाले यस वर्ष त्यो समस्या आउन नदिन अतिक्रमण हटाएर सडक फराकिलो पार्न लागिएको वडाध्यक्ष थापाले बताए । -रासस

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...