API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

५५ औँ शिशु प्रदर्शनी साउन २० गते हुदै

 

१४ असार, काठमाडौँ- हरेक वर्ष झैँ यस वर्ष परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले साउन २० गते ५५ औँ शिशु प्रदर्शनी आयोजना गर्ने भएको छ ।

प्रसूति गृहमै जन्मेका एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी गराइने छ । अस्पतालका नासु तथा शिशु प्रदर्शनीका संयोजक राजु वैष्णवले आफ्ना शिशुलाई प्रदर्शनीमा सहभागी गराउन चाहने अभिभावकले गर्भावस्थामा जाँच गराएको कार्ड (एन्टिनेटर कार्ड), शिशुको जन्म प्रमाणपत्र, खोप कार्ड र तस्बिरसहित अस्पतालमा दरखास्त दिन सक्ने बताए ।

त्यसका लागि असार १३-साउन १२ गतेसम्म दरखास्त दिन सकिने अस्पतालले जनाएको छ ।

जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार दिइने छ ।

बालविशेषज्ञ चिकित्सकसहितको टोलीले शिशुको अवस्था, तौल, खानपानलगायत आमासँग परिवार नियोजन साधन र बच्चाको स्याहार गर्ने तरिकाबारे जानकारी लिएपछि उत्कृष्ट शिशु घोषणा गरिने छ ।

किशोरमैत्री यौन तथा प्रजनन सेवा तयारी

यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको मेरी स्टोप्स नेपालले आफ्ना सबै सेवा केन्द्रलाई किशोरकिशोरीमैत्री बनाउने तयारी गरेको छ । हाल चार जिल्लामा रहेको सो सेवालाई विस्तार गर्न लागिएको बताइएको छ ।

मेरी स्टोप्स नेपालका युवा तथा नवविवाहित परियोजनाका म्यानेजर निलिमा राउतले अहिले मेरी स्टोप्सबाट काठमाडौँ, मोरङ र पर्सा जिल्लामा किशोरमैत्री कार्यक्रम सञ्चालन गरिए पनि सन् २०१८ सम्ममा देशभरका ३६ वटै मेरी स्टोप्स केन्द्रमा सो सेवा सुरु हुने बताए ।

पीएल सिंह सबैलाई सरल व्यवहार गर्ने व्यक्ति हुनुहुन्थ्यो : मन्त्री पौडेल

पीएल सिंह सबैलाई सरल व्यवहार गर्ने व्यक्ति...

वि.सं.२०८१ पुस १४ आइतवार १६:१९

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले दिवंगत कांग्रेस...

काठमाण्डौको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा

काठमाण्डौको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा

वि.सं.२०८१ पुस १३ शनिवार २२:४८

  काठमाडौं । क्लिनिक वानले काठमाण्डौ मण्डिखटारमा तेश्रो शाखा संचालनमा...

चिसो मौसममा बुढाबुढी र युवाहरुलाई छाला सम्बन्धि बढी समस्या देखिन्छ : डा.अमृता श्रेष्ठ

चिसो मौसममा बुढाबुढी र युवाहरुलाई छाला सम्बन्धि...

वि.सं.२०८१ पुस ११ बिहीवार १०:०८

विशेषगरी जाडोमा स्किन केयर एकदमै आवश्यक छ । जुनसुकै उमेरका...

कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेपछि कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेपछि...

वि.सं.२०८१ पुस ६ शनिवार १३:१९

काठमाडौं । चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य...

जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री

जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका...

वि.सं.२०८१ मंसिर १२ बुधवार १९:३१

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक,...