CG Electronics
IME Life
NIMB

५५ औँ शिशु प्रदर्शनी साउन २० गते हुदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

१४ असार, काठमाडौँ- हरेक वर्ष झैँ यस वर्ष परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले साउन २० गते ५५ औँ शिशु प्रदर्शनी आयोजना गर्ने भएको छ ।

प्रसूति गृहमै जन्मेका एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी गराइने छ । अस्पतालका नासु तथा शिशु प्रदर्शनीका संयोजक राजु वैष्णवले आफ्ना शिशुलाई प्रदर्शनीमा सहभागी गराउन चाहने अभिभावकले गर्भावस्थामा जाँच गराएको कार्ड (एन्टिनेटर कार्ड), शिशुको जन्म प्रमाणपत्र, खोप कार्ड र तस्बिरसहित अस्पतालमा दरखास्त दिन सक्ने बताए ।

त्यसका लागि असार १३-साउन १२ गतेसम्म दरखास्त दिन सकिने अस्पतालले जनाएको छ ।

जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार दिइने छ ।

बालविशेषज्ञ चिकित्सकसहितको टोलीले शिशुको अवस्था, तौल, खानपानलगायत आमासँग परिवार नियोजन साधन र बच्चाको स्याहार गर्ने तरिकाबारे जानकारी लिएपछि उत्कृष्ट शिशु घोषणा गरिने छ ।

किशोरमैत्री यौन तथा प्रजनन सेवा तयारी

यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको मेरी स्टोप्स नेपालले आफ्ना सबै सेवा केन्द्रलाई किशोरकिशोरीमैत्री बनाउने तयारी गरेको छ । हाल चार जिल्लामा रहेको सो सेवालाई विस्तार गर्न लागिएको बताइएको छ ।

मेरी स्टोप्स नेपालका युवा तथा नवविवाहित परियोजनाका म्यानेजर निलिमा राउतले अहिले मेरी स्टोप्सबाट काठमाडौँ, मोरङ र पर्सा जिल्लामा किशोरमैत्री कार्यक्रम सञ्चालन गरिए पनि सन् २०१८ सम्ममा देशभरका ३६ वटै मेरी स्टोप्स केन्द्रमा सो सेवा सुरु हुने बताए ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण...

वि.सं.२०८२ चैत १८ बुधवार ०८:२२

काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८२ पुस ६ आइतवार २३:२०

  काठमाडौँ, ६ पुस। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२/०९/०६ को अवसरमा...