११ वटा स्थानीय तहको नतिजा सार्बजनिक, एमाले अगाडी
Friday Jun 30, 2017
वि.सं.२०७४ असार १६ शुक्रवार ०७:१२
१६ असार, काठमाडौं – दोस्रो चरणको चुनावको नतिजा धमाधम आउन थालेको छ । अहिलेसम्म ११ वटा स्थानीय तहको नतिजा आइसकेको छ । जसमा एमाले ६, कांग्रेसले चार, तथा माओवादी केन्द्र एउटा स्थानीय तहमा विजयी भएका छन् ।
प्रमुख पदमा विजयी
नेपाली कांग्रेस
संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा
संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई
बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी
बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत
नेकपा एमाले
डढेलधुराको अमरगढी नगरपालिका – विश्वेश्वरप्रसाद ओझा (विपिन)
बाजुराको गहुमुल गाउँपालिका – हरि रोकाया
बैतडीको पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द
खोटाङको जन्तेढुंगा गाउँपालिका – शंकरबहादुर राई
बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत
बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही
माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत
उपप्रमुख पदमा विजयी
कांग्रेस
बझाङको काँडा गाउँपालिका–कल्पना बोहरा
बाजुराको छेडेदह गाउँपालिका– कुन्ती बुढा साउद
संखुवासभाको चिचिला गाउँपालिका–यदुकुमारी राई
संखुवासभाको सिलिचुङ गाउँपालिका–लालकुमारी कुलुङ
एमाले
डढेलधुराको अमरगढी नगरपालिका – संगिता भण्डारी
बाजुराको गहुमुल गाउँपालिका – सीता थापा
बैतडीको पञ्चेश्वर गाउँपालिका – विना भट्ट
खोटाङको जन्तेढुंगा गाउँपालिका – विमला राई
बझाङको मस्टा गाउँपालिका – भगवती बोहरा
बाजुराको पाण्डवगुफा गाउँपालिका –ऐना गिरी
माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका – प्रमिला बस्नते