CG Electronics
IME Life
NIMB

मलेसियाको आग्रह अवैधानिक आप्रवासी कामदारहरु आत्मसमर्पण गर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२५ असार, काठमाडौँ – मलेसियाले अवैधानिक आप्रवासी कामदारहरुलाई जेल सजाय र जरिवानाबाट जोगिन प्रशासनसमक्ष आत्मसमर्पण गर्न आग्रह गरेको छ । मलेसियाली अध्यागमन विभागका महानिर्देशक मुस्ताफर अलीले जेल सजाय ब्यहोर्न र जरिवानाबापत बढी रकम तिर्नबाट जोगिन अबिलम्ब प्रशासनसमक्ष उपस्थित भई स्वदेश फर्कन अवैधानिक आप्रवासी कामदारलाई आग्रह गरेका हुन् ।

यही जुलाई १ देखि त्यस्ता कामदारविरुद्ध सुरु गरेको धरपकड अभियान जारी छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गत एक सातायता करिब २ हजारभन्दा बढी त्यस्ता कामदारहरु र ४६ जना रोजगारदाताहरु पक्राउ परिसकेका छन् । तीमध्ये सयजनाभन्दा बढी नेपाली छन् । गतवर्ष सञ्चालित ‘रिहाईरिङ’ कार्यक्रममा दर्ता नभएका एवं यसैवर्ष फेब्रुअरी १५ देखि जुन ३० सम्म दिइएको दर्ता कार्यक्रममा पनि सहभागी नहुने अवैधानिक आप्रवासी कामदारहरुको देशव्यापी खोजी भइरहेको छ ।

सरकारी अधिकारीहरुले ठूला ठूला सपीङ मलदेखि आप्रवासी कामदार लुकेर बसेका हुनसक्ने सम्भावित ग्रामीण भेगका कयौं स्थानहरुमा खोजतलास जारी राखिएको जनाएका छन् ।

 

घर फिर्न दलालको सहारा
मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई प्रशासनसमक्ष उपस्थित भएर घर फिर्न आग्रह गरिएको भए पनि अधिकांश दलालको सहारामा स्वदेश फर्कने गरेका छन् । मलेसियाले धरपकड अभियानसँगै घरफिर्तीका लागि प्रशासनमा आफैं उपस्थित हुन र गल्ती स्वीकार गरी आउटपास लिएर स्वदेश फिर्न सक्ने अवसर पनि दिएको छ । तर आफैं प्रशासनमा जाँदा पक्राउ परिने डरले अधिकांश नेपाली कामदारहरु दलाल एवं विचौलियाको सहारामा मात्र स्वदेश फिर्ने गरेका छन् ।

नेपाली दूतावासले घर फर्कने अवैधानिक नेपालीका लागि यात्रा अनुमतिपत्र जारी गर्ने गरेको छ । त्यस्तो पत्रबापत १६० रिंगिट शुल्क तिर्नुपर्दछ । उक्त पत्र लिएर त्यस्ता कामदार मलेसियाली अध्यागमन विभागमा आफैं उपस्थित हुनुपर्ने र आउटपास एवं जरिवानाबापत ४ सय रिंगिट शुल्क तिर्नुपर्ने प्रक्रिया छ । त्यसपछि हवाई टिकट लिएर कामदार स्वदेश फर्कन सक्छन् ।

तर, दूतावासले त्यस्ता कामदारलाई अध्यागमन विभागसम्म पुर्‍याउने व्यवस्था नमिलाउँदा उनीहरु दलाललाई बढी रकम तिरेर घर फिर्नुपर्ने बाध्यता छ । विचौलियाहरुले अध्यागमन कार्यक्रम पुर्‍याई आउटपास प्राप्त गरेपछि घर फर्काइदिएबापत त्यस्ता कामदारसँग प्रतिव्यक्ति २ सय रिंगिटदेखि ८ सय रिंगिटसम्म असुल्ने गरेको पाइएको छ । ‘दुतावासले यात्रा अनुमतिपत्र मात्र दियो तर अध्यागमनमा आफैं जाउ भन्यो ।’ घर फर्कन दलालको सहारा लिएका एक नेपालीले भने ‘तर पक्रिने पो हो कि भन्ने डर लाग्यो अनि चिनेजानेको साथीभाइको सहयोगमा एकजना नेपाली एजेन्टमार्फत पुत्राजया (अध्यागमन)मा पुगेर सबै काम मिलाएर आएँ ।’
आफूले ती एजेन्टलाई अध्यागमनमा लाग्ने शुल्क, हवाई टिकटबापत (यात्राअनुमति पत्रको लाग्ने शुल्कबाहेक) २७ सय रिंगिट नगद दिएको र उक्त शुल्कभित्रै ती एजेन्टले ३ दिन होटलमा खाने बस्ने व्यवस्था मिलाएको उनले बताए ।

पछिल्लो वर्ष मलेसिया आउने नेपालीहरुको कमीसँगै मलेसियाबाट फर्कने नेपालीको संख्या बढेको अनुमान छ । यसरी फर्कने अधिकांश नेपाली विचौलियाकै सहारामा फर्केका हुन् । यसरी नेपालीहरु घर फर्काउने ‘धन्दा’मा सामेल हुने विचौलियाहरुको संख्या पनि पछिल्लो समय बढेको छ । यात्रा अनुमति पत्र लिन दूतावास पुग्ने नेपालीहरु विचौलियाको निशानामा पर्ने गरेका छन् । विचौलियाको सहारामा बढी रकम तिरेर हजारौं नेपाली स्वदेश फिरिसकेका छन् ।

दूतावासले आफ्नै पहलमा घर फर्कन चाहने अवैधानिक कामदारलाई अध्यागमनसम्म पुर्‍याउने व्यवस्था नमिलाउँदा विगत डेढ वर्षयता विचौलियाहरुको रँजाई भएको एक नेपालीले बताए । ‘एजेन्टहरु घर फर्कन दूतावास पुगेका नेपालीहरुलाई बार्गेनिङ गरेर आफ्नो पक्षमा पार्नमा हानाथाप गर्छन् ।’ एकजना नेपाली श्रमिक भन्छन्, ‘कमजोरी दूतावासकै हो । दूतावासले व्यवस्था मिलाएको भए एजेन्टसँग कसले सहारा लिन्थ्यो र ? अहिले एजेन्टकै रँजाई छ ।’

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...