Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

सबभन्दा बढी बिकृति त लोकदोहोरी भनिने गीतहरु मै छ – गणेश चौलागाँई

लोकगीत संगीतको क्षेत्रमा कृयाशिल सदाबहार सर्जक श्रष्टा गणेश चौलागाँईसँग समसामयिक बिषयमा केन्द्रित रही पत्रकार केशव भट्ट ले गरेको कुराकानीः

 


 

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
पछिल्लो समयको दैनिकी सामान्य तरिका ले नै चलिरहेको छ , रहर ले लागेको गीत संगीतको क्षेत्र भयकोले धेरै समय यसैमा दिईरहेको छु । नयाँ गीत हरु बनाउने काम जारी छ, यही नै हो ।

 

तपाईंको बाल्यकाल कसरी बित्यो ?
म सामान्य मध्यम बर्गीय परिवारमा जन्मिएको मान्छे हु, त्यसकारण गाँउका बाल बालिकाको जस्तै उकाली ओराली लेकबेसी गर्दै गाउले पारिबेशमै बुवा आमा दाई दिदी हरु सबैको माया पाएर खुशी साथ बाल्यकाल बितेको पत्तै भएन । रमाइलो मै मेरो बालापन बित्यो ।

 

आज सम्म के कती र कस्ता गीत रचना गर्नु भा छ ?
म सानै देखी जनबादी गीत को वास्तविक फ्यान हुँ । जीवन शर्मा, जेबि टुहुरे लगयत आदरणिय अग्रजहरुका सृजनाले मन मा भुइचालो ल्याउथ्यो अझै पनि म दैनिक जसो यस्ता गीत हरु सुन्ने गर्छु । मैले ४ वटा जागरणमुलक गीत लेखेको छु । तर धेरै स्रोता सम्म पुग्न सकेनन । एउटा आधुनिक गीत आदरणीय दाई बिमल डाँगी को संगीत मा रेकर्ड भएर प्रसारणमा आएको थियो । त्यस्तै एउटा गजल पनि छ । म धेरै ठाउमा प्रतियोगि भएर जादा प्रथम भएको गजल “ शहर लाई के थाहा “ रेकर्ड छ ।
त्यस बाहेके बिशेष मलाई चिनाएका अनि मलाई मन पर्ने ५० वटा लोक दोहोरी गीत लेखेको छु । ६ वटा एकल लोक गीत लेखेको छु भने ६ वटा गीत मा लय सृजना गरेको छु । मेरा हरेक गीत बिशेष गरी प्रेम बियोगान्त बिषय मा नै केन्द्रित छन ।
मेरो रहर नव आगन्तुक साथीअरु देखी सांगीतिक क्षेत्रका बिसिस्ठ ब्यक्तित्व सँग सम्मान पूर्वक सहकार्य गर्न सकु भन्ने नै हो । हुनत तुलनात्मक रुप मा मैले धेरै संख्यामा गीत हरु प्रकाशन गर्न सफल नभयपनी जती गरेको छु ति सबै गीतहरुमा नयाँ पुराना समकालिन साथी हरु सँग को सहकार्यले भएको हो ।

 

तपाईले सम्झनै पर्ने सर्जक कलाकार को को हुन ?
मैले कसैलाई बिर्सेको त पक्के होइन तर सरसर्ती भन्नु पर्दा निम्न आदरणिय अग्रजहरुलाई सम्मान पुर्वक सम्झनु पर्दा ऋृषि अधिकारि, बिमल डागी, राजु पारीयार, कुलेन्द्र बि क, खुमन अधिकारि, बिरही कार्की, उद्धव कार्की, मङ्गल बि क , उदिराम खड्का, लगायतका हुनुहुन्छ, भने गायिका हरुमा बिमा कुमारी दुरा , लक्ष्मी न्यौपाने, बिष्णु माझी, देवी घरती, मुना थापा, टिका पुन, कृष्ना पारीयार, पूर्णकला बि सि, हितमायाँ गुरुङ, पार्वती कार्की लगायत का हुनुहुन्छ ।
त्यस्तै नयाँ साथीहरु मध्ये गायक मा शिशिर भुसाल, सन्तोष के बास्तोला ( उहाँको लय मा मेरो पछील्लो शब्द रेकर्ड छ ) रोशन बस्नेत, चुडामणी नेपाली , भिम थापा, भिम आले, गोपाल आले, अबिरल कृष्ण खरेल, जोसेफ शाही, भुवन राना र गायिका रितु थापा, बिष्णु थापा, गंगा घर्ती लगायत हुनुहुन्छ ।

 

लोक दोहोरी क्षेत्र मा बिकृती आएकै होत ? कसरी ?
हो, हरेक क्षेत्र मा बिकृती बिसंगती ले ब्याप्त यो देशमा सबभन्दा बढी लोकदोहोरी भनिने गीतहरु मा असाध्यै बिकृती बढेको छ । पैसा बैसले नै यो क्षेत्र हावि हुदै गएको छ । पैसा हुनेले जे गरिदिए पनि भएको छ । शब्द मा उश्रृङ्खलता, संगीतमा अब्यबस्थितता, अभिनयमा अनुशासन हिन अश्लीलताहरुको बहुल्यता बढेको छ । गीत संगीतलाई नियमन गर्ने कुनै निकाए छैन, आत्मा अनुशासित इमान्दार भएर गीत बनाउनेहरु प्राय ओझेलमा छन । बिकृती लाई निर्मुल पार्न सबै लागि पर्नु पर्छ । नत्र भने लोकगति भन्ने शव्दमा मात्र सिमित नरहला भन्न सकिन्न ।

 

तपाईको भावी योजना के छ ?
त्यस्तो बिशेष त केही छैन, सामान्य ढ्ङ्गले आफु सधैं आत्मानुसासित, असल इमान्दार भएर यसै क्षेत्रमा नयाँ साथीहरु लाई सहयोग गर्ने छु भने आदरणीय दाई दिदी हरु सँग सम्मान पूर्वक सहकार्य गरी यसै क्षेत्रमा क्रियाशिल रहने छु ।

 

अन्तमा भन्न छुटेको के हि छ ?
अन्तमा मलाई असाध्यै मन पर्ने आदरणिय दाई बिमल डागी प्रती सदा आभारी छु मेरा गीतको मुल्याङ्कन गरेर बिभिन्न संचार मध्यम मार्फत प्रसारण गरिदिने संचारकर्मी, प्रकाशन गर्न सहयोग गर्नुहुने सम्पूर्ण म्युजिक कम्पनी बिशेष गरी बिन्ध्यबासिनी म्युजिक प्रालिका सुवास रेग्मी ज्यु प्रती कृतज्ञ छु , मेरा सृजनालाई मन पराउने दर्शक श्रोता तथा म सँग सहकार्य गर्ने सम्पूर्ण कलाकार सर्जक श्रस्टा लाई धन्यवाद भन्दै । आगामी दिनहरुमा पनि यस्तै साथ् सहयोग र सहकार्यको अपेक्षा लिएको छु । जय गीत जय संगीत

ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने विजेता घोषणा

ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान...

वि.सं.२०८१ मंसिर १३ बिहीवार ०९:२३

ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौंमा घर...

धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर)

धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर)

वि.सं.२०८१ मंसिर १० सोमवार १२:५०

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक...

सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

वि.सं.२०८१ मंसिर १० सोमवार ०१:०५

काठमाडौं । सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई...

सबै धर्मकाटालाई डिजिटल बनाउने तयारीमा ट्रक महासंघ

सबै धर्मकाटालाई डिजिटल बनाउने तयारीमा ट्रक महासंघ

वि.सं.२०८१ मंसिर ४ मंगलवार ०६:५५

    धादिङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र...

रियलमीले ‘बडा दशैं–तिहारको बडा अफर’ को बम्पर र मेगा उपहार विजेता घोषणा गर्दै

रियलमीले ‘बडा दशैं–तिहारको बडा अफर’ को बम्पर...

वि.सं.२०८१ कात्तिक २९ बिहीवार २१:०२

  काठमाडौं ।  सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान्...