Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सन्तोषको ”नारी त यस्तो होस् भन्छु” बजारमा


 

३ साउन , काठमाडौँ-  सञ्चारकर्मी तथा लोक दोहोरी गायक सन्तोष बजगाईंले यस वर्षको तीज कोसेली ‘‘नारी त यस्तो होस् भन्छु” बजारमा ल्याएका छन् । सन्तोष बजगाई र वर्षा सिलवालको को स्वरमा रहेको यो गीतको भिडीयो पनि सार्वजनिक छ ।

तीजको अवसरमा पति पत्नीबीचको सुमधुर प्रेम सम्बन्धलाई उजागर गरिएको यो गीतको लय तथा शब्द संकलन पनि बजगाईंले नै गरेका हुन् । म्युजिक भिडियोमा भुवन श्रेष्ठ र प्रकृतिको अभिनय रहेको छ भने निर्देशन देवराज परियारले गरेका हुन् त्यस्तै छायांकन रोशन कुमार दर्लामीले गरेका थिए ।

पछिल्लो समयमा आएका तीज गीतहरुमा मौलिकता हराएको र छाडापन बढेकोप्रति सन्तोषले चिन्ता व्यक्त गर्दै भने ”तिजको मर्म बिनै तिज गित भनेर अस्लिलतालाई बढवा दिदै परिवारसंग बसेर हेर्न नमिल्ने खालका गीतहरु बजारमा ल्याउने होडबाजीले गर्दा यस पवित्र पर्व तीजमाथि पर्न गएको असर मा जस्ता नेपालीपनलाई माया गर्ने धेरै नेपालीहरु दुखि छन् ।’ तीज गीतको नाममा बढेका विकृति निरुत्साहित गर्न सबैले आवश्यक आवाज उठाउनु जरुरि छ । र यस गीतले तीजको मौलिकतालाई बोलेकोहुनाले सबैको मन जित्नेमा म ढुक्क छु ।”

भिडियो पनि एकदमै राम्रो तथा मौलिक पनामा बनेकोले सबैले हेरेर तथा सुनेर माया गरिदिनेमा आफु पुण आशावादी रहेको कुरा समेत गायक बजगाईले बताएका छन् ।


यसअघि पनि मौलिक लोक दोहोरी गित रसुवा नुवाकोट बजारमा ल्याएरका सन्तोषले भावी दिनहरुमा गीतसंगीत लाईनै प्राथमिकता दिने बताउनुभयो l

भिडियो हर्नुहोस

https://youtu.be/RX8vI88Pvfc

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र...

वि.सं.२०८१ पुस ७ आइतवार २१:५६

काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’...

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत...

वि.सं.२०८१ पुस ७ आइतवार १९:४९

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी...

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

वि.सं.२०८१ पुस ७ आइतवार ०८:४९

  काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक...

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि...

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:१४

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको...