Nabil Bank
Everest Bank Limited
prabhubank

थाहा पाईराखौ यसकारण खतरानक छ गर्भनिरोध चक्की ?

मिडिया स्पेस सोलुसन्स प्रालि


 

डा. बालकृष्ण शाह

अनिच्छित गर्भ रोक्नका लागि सजिलो उपाय हो, गर्भनिरोध चक्की । यो जुनसुकै औषधी पसलमा पाइन्छ, त्यो पनि कम मूल्यमै । त्यसैले अहिले असुरक्षित यौन सम्पर्क गर्ने क्रम बढेको छ । तर आकस्मिक गर्भनिरोध चक्की जथाभावी र अधिक प्रयोग गर्नु हुँदैन । यसले क्षणिक रुपमा आफनो समस्या किनारा त लगाइदिन्छ, तर दीर्घकालिन रुपमा रोगी बनाउँछ ।

यसरि काम गर्छ चक्कीले

सामान्यतया यस्ता चक्की आकस्मिक गर्भ नरहनको लागि बढी मात्रामा प्रयोग गरिन्छ । यस्ता चक्कीको मुख्य काम भनेको अण्डाको उत्पादन गर्न नदिने, सार्भाइकल म्युकसलाई बाक्लो बनाएर शुक्रकीटलाई भित्र छिर्न नदिने तथा पाठेघरमा अण्डा बन्न नदिने हो ।

त्यसमध्ये पनि विशेषगरी सहवासपछि पाठेघरमा अण्डा बस्न नदिनको लागि यस्ता आकस्मिक चक्कीको बढी प्रयोग गरिन्छ । स्ता चक्की सहवास बसेको १२० घण्टा अर्थात ५ दिनसम्म प्रयोग गर्न सकिन्छ ।
यस्ता चक्कीमा प्रोजेस्टेरोन नामक हर्मोनको बढी प्रयोग गरिएको हुन्छ । यस्ता हर्मोन महिनावारी हुँदा बढी प्रयोगमा आउँछ । महिलाको शरीरलाई एस्टेजेरोन रु प्रोजेस्टेरोन नामक दुईवटा हर्मोन हुन्छ । जुन प्रजननसित सम्बन्धित छ ।

यसकारण हानिकारक छ चक्की

– यस्ता चक्कीमा प्रोजेस्टेरोन नामक हर्मोनको बढी प्रयोग गरिएको हुन्छ ।

– यस्ता हर्मोन बाहिरबाट प्रयोग हुनासाथ शरीरमा भएको हर्मोनको सन्तुलनमा असर पुग्छ । जसले गर्दा महिनावारी गडबडीको समस्या निम्तन्छ ।

– यस्ता चक्कीको अत्याधिक प्रयोगले महिलाको प्रजनन क्षमतामा असर पर्छ । शरीरका अरु हर्मोनलाई समेत यसले असर गर्छ ।

– महिलाको डिम्बासयमा सिस्ट हुने, गर्भपतन हुने, अचानक तौल बढ्ने, चिरचिराहटपन, थकान महसुस हुने लगायतका समस्या उब्जन्छ ।

यस्तो खतराबाट बच्न महिलाहरुले यस्ता चक्की आकस्मिक रुपमा गर्भ बस्न सक्ने अवस्थामा मात्र खानुपर्छ । गर्भ निरोधनका लागि बजारमा निलोकन, नरप्लाान्ट, तीन महिने सुई कपर्टी लगायत अन्य गर्भनिरोधनका साधन पाइन्छ । यस्ता साधनको नियमित प्रयोगले पाठेघरमा गर्भ बस्न दिँदैन । -अनलाईन खबरबाट

एनसेलको सिम अब आफ्नै च्वाइसको नम्बरमा लिन सकिने

एनसेलको सिम अब आफ्नै च्वाइसको नम्बरमा लिन...

वि.सं.२०८१ असार ५ बुधवार २३:५६

  काठमाडौं । एनसेलको सिम अब आफ्नै च्वाइसको नम्बर अनुसार...

नेपालमा डाक्टरको संख्या : विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी

नेपालमा डाक्टरको संख्या : विश्व स्वास्थ्य संगठनले...

वि.सं.२०८१ जेठ १३ आइतवार १९:१३

  काठमाण्डौँ । १३ जेठ– नेपालमा चिकित्सकको संख्या ४५ हजार...

एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल

एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो...

वि.सं.२०८१ जेठ ५ शनिवार १२:३९

  ‘एनेस्थेसियोलोजिष्टको जिम्मेवारी भनेकै अपरेशन अगाडि र पछाडिसम्म बिरामीलाई हेर्नु...

गर्मीमा पकाइएको खाद्यवस्तु सुरक्षित राख्न नजान्दा केही घण्टामै अखाद्य हुन्छ

गर्मीमा पकाइएको खाद्यवस्तु सुरक्षित राख्न नजान्दा केही...

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:३१

    काठमाडौं । ‘गर्मी मौसम रोग पनि लिएर आउँछ’...

सिटिजन्स बैंकका ग्राहकलाई भिवान्ता काठमाडौंमा छुट दिने समझदारीपत्रमा हस्ताक्षर

सिटिजन्स बैंकका ग्राहकलाई भिवान्ता काठमाडौंमा छुट दिने...

वि.सं.२०८१ वैशाख २४ सोमवार १८:५५

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भिवान्ता काठमाडौंबीच...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:११

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति...