Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मुक्तिनाथ विकास बैंकको काठमाडौँको माछापोखरीमा


काठमाडौं–मुक्तिनाथ विकास बैंकले काठमाडौँ महानगरपालिका वडा नं.१६ स्थित माछापोखरीमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको ओशो तपोवनका संयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र यस विकास बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) तथाश्री कुञ्जना घिमिरे (सुन्तली) संयुक्त रुपमा समुद्घाटन गरेका छन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि स्वामी आनन्दले मुक्तिनाथ विकास बैंकले प्रदान गरिरहेका सेवाहरुमा आर्थिक विकासका साथै सामाजिक, भौतिक, आध्यात्मिक तथा पर्यावरणको पनि विकास गर्नमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
उक्त कार्यक्रममा यस विकास बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले हर हमेसा बैंकसँगै रहने प्रतिबद्धता सहित बैंकको सफलताको शुभकामना व्यक्त गरे । त्यसैगरी नेपाल होटल व्यवसायी संघका अध्यक्ष अमर दाहालले यो विकास बैंकले बसपार्क क्षेत्रलाई लक्षित गरी हामीलाई अझै नजिकबाट सेवा प्रदान गर्न आएकोमा स्वागत गर्दै बैंकको प्रगतिको कामना गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उद्घाटन समारहोका सभाध्यक्ष तथा संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तिय तथा गैर वित्तिय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदानदिने प्रतिबद्धता व्यक्त गरे ।
मुक्तिनाथ विकास बैंकको हालसम्म कुल ७८ वटा शाखाहरु औपचारिक रुपमा संचालनमा छन् भने काठमाडौँ उपत्यका भित्र महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील र भक्तपुरको कमलविनायकमा शाखाहरु संचालनमा आई सकेका छन् । साथै जोरपाटी, ठमेल, कोटेश्वर, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ ।

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:३४

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा...

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

वि.सं.२०८२ असार २४ मंगलवार २०:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी वर्ष बीमा प्रणाली तथा...

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित छ : उद्धव अधिकारी

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:२९

    काठमाडौं । बजेट हेर्दाखेरी र शब्द उल्लेख गर्ने...

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...