कतार एयरवेजद्वारा फिफा ब्राण्डको विशेष एयरक्राफ्ट प्रस्तुत
Friday Jul 13, 2018
वि.सं.२०७५ असार २९ शुक्रवार ०४:५०
काठमाडौं–फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन्सको रुपमा रहेको कतार एयरवेजले बोइङ ७७७ विमान तयार गरेको छ ।
रुसमा जारी २०१८ फिफा विश्वकप मनाउने क्रममा प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रर्दशनीको लागि विशेष तरिकाले फिफाकै ब्राण्ड स्वरुप एक बोइङ ७७७ विमान तयार गरेको हो ।
फिफाको विशिष्ट ब्राण्डिङ सहित विशेष रुपमा निर्मित सो विमान आयरल्याण्डमा हस्त चित्रित गरी दोहा पुर्याइएको थियो ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने “यस अद्वितीय विमान मस्को पुर्याउँदै हाम्रा यात्रुवर्गको फुटबल प्रतिको प्रेमलाई सम्मान गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।
फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन्सको रुपमा हामी विश्वभरका फुटबल प्रेमीहरुलाई रुसमा एकिकृत गरी विश्वकपको अद्भूत अनुभव प्राप्तिमा सहयोग गर्न पाएकोमा निकै गर्व गर्दछौँ ।
यस सुन्दर विमानले हाम्रो फिफासँगको महत्वपूर्ण सहकार्य प्रतिको प्रतिबद्धता तथा रुसमा उपस्थित संसारभरका लाखौँ फुटबल प्रेमीहरु प्रतिको निष्ठा थप बलियो बनाउने छ ।”
कतार एयरवेजले हालै टेलिन, एस्टोनिया, भ्याल्लेट्टा, माल्टा, सेबु र डभाओ, फिलिपिन्स, लाङ्कावी, मलेसिया तथा डा नाङ, भियत्नाम, जस्ता नयाँ गन्तव्यहरू आफ्नो नेटवर्कमा थप्ने घोषणा पनि गरेको हो ।
कतारको राष्ट्रिय वाहक कतार एयरवेजले १५० भन्दा बढी स्थलहरूबाट आफ्ना यात्रीहरूसँग गोइङ प्लेसेस टुगेदरको २० वर्ष उत्सव मनाउँदै आएको छ ।