Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अर्थमन्त्रीसँग भेट, साना र मझौला व्यापारी पलायन

काठमाण्डौ । सरकारले बजेटमार्फत गरेको भ्याटमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्थाबाट साना तथा मझौला उद्यमी व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको भन्दै उद्योग व्यापारीले अर्थमन्त्रालयलाई भेटेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान नेतत्वको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी व्यूटि पार्लर व्यवसाय र सुटिङ सर्टिङको सामानसहितको टेलरिङ व्यवसाय जस्ता स–साना व्यवसायलाई अनिवार्य भ्याटमा दर्ताको व्यवस्थाबाट यी पेसा व्यवसाय लोप भएर जाने परिस्थिति उत्पन्न भएको भन्दै सो व्यवस्था पुनरविचार गरिदिन आग्रह गरेको हो । प्रतिनिधिमण्डलले यी व्यवसायहरूमा थ्रेसहोल्डको आधारमा मुअकरमा दर्ता गर्ने व्यवस्था हुन सुझाव समेत दिएको छ ।

साथै प्रतिनिधिमण्डलले अर्थमन्त्री समक्ष घरेलु तथा साना उद्योग विभाग अन्तर्गत संचालित महिला उद्यमशीलता विकास कोषबाट लघु, घरेलु उद्योगका महिला उद्यमीहरूलाई उद्यम व्यवसाय विकास तथा विस्तार गर्ने कार्यमा सहयोग पुग्दै आएको र कर्जाको माग समेत बृद्धि भइरहेको सन्दर्भमा नयाँ बजेटले कोषको रकम कटौती गरेकोमा आपत्ति समेत जनाएको थियो ।

अर्थमन्त्री खतिवडाले सुझावहरुको सकेसम्म कार्यान्वयनको प्रयास गरिने बताएका थिए । उनले निश्चित समयको लागि महिला उद्यमशीलता विकास कोषका लागि माग अनुसारको रकम थप गरी महिला उद्यमीहरूलाई ऋण प्रवाहमा सहयोग गर्ने प्रतिवद्धता सहित आर्थिक वर्ष २०७५/७६ को बजेट बक्तव्यमा महिला उद्यमीहरूबाट संचालन हुने परियोजनामा आधारित रु. १५ लाखसम्मको सामूहिक ऋणमा ६ प्रतिशत व्याज अनुदानको व्यवस्था गर्ने व्यवस्था पनि क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए ।

प्रतिनिधिमण्डलमा महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ, महासंघको कार्यकारिणी समितिका सदस्य एवं महिला उद्यमी महासंघ, नेपालका अध्यक्ष शारदा रिजाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका महिला उद्यमी विकास समितिका सभापति शिवा उपाध्याय, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ र महासंघका उपमहानिर्देशक मीना श्रेष्ठ थिए ।

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:३४

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा...

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

वि.सं.२०८२ असार २४ मंगलवार २०:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी वर्ष बीमा प्रणाली तथा...

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित छ : उद्धव अधिकारी

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:२९

    काठमाडौं । बजेट हेर्दाखेरी र शब्द उल्लेख गर्ने...

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...