CG Electronics
Ncell NPL
NIMB

युवाले थाले सामूहिक कृषि उत्पादन

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

रुकुम पश्चिम चौरजहारी नगरपालिकका युवा सामूहिक कृषि उत्पादनमा जुटेका छन्।

कृषिमा आधुनिकीकरण गरी आर्थिक समृद्धि प्राप्त गर्न लागि सामूहिक कृषि उत्पादन सुरु गरेको बताइएको छ। वडा न। ५ मा भैँसी पालन, ६ मा तरकारी उत्पादन र वडा न। १० मा बाख्रापालन सामूहिक रूपमा सुरु गरिएको छ।

सात युवा मिलेर ११ वटा भैँसी पालिएको छ। एक वर्षमा १५ देखि २० वटासम्म पुर्‍याउने लक्ष्य राखिएको छ। स्थानीय युवाहरु मिलेर नगरपालिकाको साझेदारीमा सामूहिक भैँसीपालन गरी दूध उत्पादन गरेर चौरजहारीको बजारमा पुर्‍याउने लक्ष्य राखिएको कृषक गोरख रावतले बताए।

उनका अनुसार अहिले फार्ममा चार वटा दुहुना छन् भने अन्य बेहुने छन् र फार्मबाट उत्पादन भएको दूध गाउँ र स्थानीय बजारमा पुर्‍याउने गरिएको छ। ‘हामीले पहिलोपटक सामूहिक पशुपालनको अभ्यास थालेका छौँ। यो भर्खर सुरु भएकोले राम्रोसँग विश्वास दिलाउन सकेका छैनौँ’, उनले भने, ‘भाँडामा जग्गा लिएर घाँस उत्पादन गर्छौँ, सफल हुन् सकिन्छ कि सकिन्न हामी प्रयासमा छौँ।’

जसरी भएपनि सफल बनाएर नगरपालिकामा नमुना योग्य फार्म सामूहिक पशुपालनको भैँसी फार्म बनाउने उनको भनाइ छ। त्यस्तै वडा न। ६ को सामूहिक तरकारी उत्पादनमा आठ जना जुटेका छन्।

आफ्नै स्वलगानीमा तरकारी फार्म गरिएको कृषक चुस्कु रोकाको भनाइ छ। उनका अनुसार वडा न। ५ र ६ का युवाहरु मिलेर तत्काल पाँच वटा टनेलमा टमाटर, अकबरे खुर्सानी,चाइनिज बोडी र भण्टा लगाइएको छ।

‘स्थानीयको ८ रोपनी जग्गा भाँडामा लिएर उत्पादन सुरु गरेका छौँ’ उनले भने, ‘ताजा तरकारी उत्पादन गरेर चौरजहारी बजार र स्थानीय बजारमा पुर्‍याउने लक्ष्य राखेका छौँ।’ त्यस्तै वडा न। १० पनि सामूहिक बाख्रापालनका लागि प्राविधिकको सल्लाहमा भवन बनाइएको छ भने फार्ममा बाख्रा राख्ने तयारी पनि गरिएको छ। सुरुमा ४० देखि ५० वटासम्म बाख्रा राख्ने कृषक रोशन रानाले बताए।

उनका अनुसार अहिले बाख्रा खरिद गर्ने काम भइरहेको छ। नगरपालिकाका अन्य ठाउँका युवा पनि सामूहिक कृषि उत्पादनको लागि प्रक्रियामा रहेका छन्। बेरोजगार तथा विदेश गएर फर्किएका युवाहरु मिलेर सामूहिक कृषि उत्पादन गर्न सुरु गरेका हुन्।

नगर प्रमुख विशाल शर्माले पनि व्यावसायिक रुपमा कृषि उत्पादन गर्नेलाई नगरपालिकाले प्राविधिक, आर्थिक साझेदारी र बजारीकरणको लागि सहयोग गरिरहेको बताए। ‘सामूहिक तथा व्यक्तिगत व्यवसायिक कृषि उत्पादन गर्न खोज्नेलाई हामी सक्दो सहयोग गर्छौं’ उनले भने, ‘नीति बनाएर पनि त्यतातिर लागिरहेका छौँ।’

कृषि क्षेत्रका जानकारहरू नगरपालिकाले कृषकले उत्पादन गरेको वस्तुले बजार नपाए त्यसको मूल्य दिने नीति बनाएसँगै कृषितर्फ युवाको आकर्षण बढ्न थालेको बताउँछन्।

CG Electronics
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक...

वि.सं.२०८२ माघ ९ शुक्रवार २१:५७

  काठमाडौ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा...

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको सहकार्य

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२१

काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई...

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता...

वि.सं.२०८२ माघ ८ बिहीवार ००:०१

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक...

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम...

वि.सं.२०८२ माघ ७ बुधवार २२:०२

  कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ’

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको...

वि.सं.२०८२ माघ ७ बुधवार १७:१४

  प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस...

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

वि.सं.२०८२ माघ ७ बुधवार ११:२२

  काठमाडौं। आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका...