Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

युवाले थाले सामूहिक कृषि उत्पादन

Machhapuchchhre Bank Limited

रुकुम पश्चिम चौरजहारी नगरपालिकका युवा सामूहिक कृषि उत्पादनमा जुटेका छन्।

कृषिमा आधुनिकीकरण गरी आर्थिक समृद्धि प्राप्त गर्न लागि सामूहिक कृषि उत्पादन सुरु गरेको बताइएको छ। वडा न। ५ मा भैँसी पालन, ६ मा तरकारी उत्पादन र वडा न। १० मा बाख्रापालन सामूहिक रूपमा सुरु गरिएको छ।

सात युवा मिलेर ११ वटा भैँसी पालिएको छ। एक वर्षमा १५ देखि २० वटासम्म पुर्‍याउने लक्ष्य राखिएको छ। स्थानीय युवाहरु मिलेर नगरपालिकाको साझेदारीमा सामूहिक भैँसीपालन गरी दूध उत्पादन गरेर चौरजहारीको बजारमा पुर्‍याउने लक्ष्य राखिएको कृषक गोरख रावतले बताए।

उनका अनुसार अहिले फार्ममा चार वटा दुहुना छन् भने अन्य बेहुने छन् र फार्मबाट उत्पादन भएको दूध गाउँ र स्थानीय बजारमा पुर्‍याउने गरिएको छ। ‘हामीले पहिलोपटक सामूहिक पशुपालनको अभ्यास थालेका छौँ। यो भर्खर सुरु भएकोले राम्रोसँग विश्वास दिलाउन सकेका छैनौँ’, उनले भने, ‘भाँडामा जग्गा लिएर घाँस उत्पादन गर्छौँ, सफल हुन् सकिन्छ कि सकिन्न हामी प्रयासमा छौँ।’

जसरी भएपनि सफल बनाएर नगरपालिकामा नमुना योग्य फार्म सामूहिक पशुपालनको भैँसी फार्म बनाउने उनको भनाइ छ। त्यस्तै वडा न। ६ को सामूहिक तरकारी उत्पादनमा आठ जना जुटेका छन्।

आफ्नै स्वलगानीमा तरकारी फार्म गरिएको कृषक चुस्कु रोकाको भनाइ छ। उनका अनुसार वडा न। ५ र ६ का युवाहरु मिलेर तत्काल पाँच वटा टनेलमा टमाटर, अकबरे खुर्सानी,चाइनिज बोडी र भण्टा लगाइएको छ।

‘स्थानीयको ८ रोपनी जग्गा भाँडामा लिएर उत्पादन सुरु गरेका छौँ’ उनले भने, ‘ताजा तरकारी उत्पादन गरेर चौरजहारी बजार र स्थानीय बजारमा पुर्‍याउने लक्ष्य राखेका छौँ।’ त्यस्तै वडा न। १० पनि सामूहिक बाख्रापालनका लागि प्राविधिकको सल्लाहमा भवन बनाइएको छ भने फार्ममा बाख्रा राख्ने तयारी पनि गरिएको छ। सुरुमा ४० देखि ५० वटासम्म बाख्रा राख्ने कृषक रोशन रानाले बताए।

उनका अनुसार अहिले बाख्रा खरिद गर्ने काम भइरहेको छ। नगरपालिकाका अन्य ठाउँका युवा पनि सामूहिक कृषि उत्पादनको लागि प्रक्रियामा रहेका छन्। बेरोजगार तथा विदेश गएर फर्किएका युवाहरु मिलेर सामूहिक कृषि उत्पादन गर्न सुरु गरेका हुन्।

नगर प्रमुख विशाल शर्माले पनि व्यावसायिक रुपमा कृषि उत्पादन गर्नेलाई नगरपालिकाले प्राविधिक, आर्थिक साझेदारी र बजारीकरणको लागि सहयोग गरिरहेको बताए। ‘सामूहिक तथा व्यक्तिगत व्यवसायिक कृषि उत्पादन गर्न खोज्नेलाई हामी सक्दो सहयोग गर्छौं’ उनले भने, ‘नीति बनाएर पनि त्यतातिर लागिरहेका छौँ।’

कृषि क्षेत्रका जानकारहरू नगरपालिकाले कृषकले उत्पादन गरेको वस्तुले बजार नपाए त्यसको मूल्य दिने नीति बनाएसँगै कृषितर्फ युवाको आकर्षण बढ्न थालेको बताउँछन्।

मन्त्रालयले अघि सारेका कार्यक्रमहरुबाट उत्पादन वढेको छ : कृषिमन्त्री अधिकारी

मन्त्रालयले अघि सारेका कार्यक्रमहरुबाट उत्पादन वढेको छ...

वि.सं.२०८१ फागुन २५ आइतवार ११:०३

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सिंहदरवार चारेर अनुदान लिने प्रवृत्तिको अन्त्य: कृषिमन्त्री अधिकारीको घोषणा

सिंहदरवार चारेर अनुदान लिने प्रवृत्तिको अन्त्य: कृषिमन्त्री...

वि.सं.२०८१ फागुन १५ बिहीवार २०:००

  काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले...

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

विचाराधीन विधेयक अघि बढाउने सत्ता पक्षीय दलको निर्णय

विचाराधीन विधेयक अघि बढाउने सत्ता पक्षीय दलको...

वि.सं.२०८१ फागुन ४ आइतवार १४:१४

  काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन...

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०२

  यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको...

नयाँ कानुन आएपछि नेपालमा पानी जहाज व्यवसायिक रुपमा चल्छ : मणीराम भुषाल

नयाँ कानुन आएपछि नेपालमा पानी जहाज व्यवसायिक...

वि.सं.२०८१ माघ ३० बुधवार २१:४०

मणीराम भुषाल सिनियर डिभिजनल इन्जिनियर कामु रजिष्ट्रार नेपाल पानी जहाज...