Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

दसैँमा सरकारी संस्थानले दुई हजार खसीबोका बेच्ने

Machhapuchchhre Bank Limited

काठमाडौ‌ं । सरकारी स्वामित्‍वको नेपाल खाद्य संस्थानले यस वर्षको दसैँमा करिब दुई हजार खसीबोका र च्‍याङग्रा बेच्‍ने तयारी गरेको छ।

यसका लागि खाद्य संस्‍थानले खरिद प्रकिया अघि बढाएको छ। खाद्य संस्थानका निर्देशक शंकर सापकोटाका अनुसार मुस्ताङ, दाङ र मकवानपुरबाट खसीबोका र च्‍याङग्रा ल्याउने गरी तयारी थालेको हो।

जसअनुसार मुस्ताङबाट एक हजार ल्याइने छ भने दाङ र मकवानपुरबाट ५र५ सय ल्याउनका लागि खरिद प्रकिया अघि बढाएको सापकोटाले बताए। सरकारी संस्थानबाट बिक्री हुने उपभोग्य सामग्रीको मूल्य समेत तोकिएको अवस्थामा मासुमा प्रतिकेजी १० रुपैयाँ मूल्य घटाएर बेच्ने गरी मूल्य निर्धारण गरिएको छ। खुद मूल्य भने बजार मूल्य, खरिद मूल्य, ढुवानीलगायतको विश्लेषण गरी निर्धारण गरिएको सापकोटाले बताए।

कम बेच्ने योजना खाद्य संस्थानले यस वर्ष खसीबोका र च्‍याङग्राको बिक्री घटाउने भएको छ। विगतमा वर्षहरुमा करिब चार हजार खसीबोका किन्ने तथा बेच्ने गरेको संस्थाले यो वर्ष व्यवस्थापनमा समस्या रहेको भन्दै कम संख्या (दुई हजार) मात्रैका लागि खरिद प्रकिया अघि बढाएको हो।

निर्देशक सापकोटाले भने, खरिद तथा बिक्रीको व्यस्थापनमा कठिनाइ भएका कारण उपत्यकामा खसीबोका कम ल्याउन लागिएको हो।

खाद्य संस्थाले विगतका वर्षहरुमा मागको करिब २० प्रतिशतसम्म पुर्‍याउने गरेकोमा यस वर्ष भने कमी हुने देखिएको छ। बजारलाई सुलभ र प्रतिस्पर्धी गराउन सरकारी संस्थानहरूले यस्तो बेलामा छुटसहितका योजान अघि सार्ने गर्छन्।

कम मात्रमा मात्रै खाद्य संस्थानले बिक्री गर्ने भएपछि संस्थाका खसीबोका छिटो बिक्री हुने र अभाव भई बजारमा महँगो पर्न सक्ने उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्। सरकारले सुपथ पसल चलाएर मात्रै मुल्य सुलभ हुनेत हैन तर नियमनका पाटोमा भने चनाखो बन्नु पर्छ, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने।

सरकारले कम आयात गर्ने भएसँगै निजी क्षेत्रले भने खसी बोकाको आयात बढाउने तयारी गरेका छन्।

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने मन्त्री पौडेलको घोषणा

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आज फलफूल तथा तरकारीको थोक...

वि.सं.२०८१ चैत २६ मंगलवार १०:२०

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री

नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो :...

वि.सं.२०८१ चैत २६ मंगलवार १०:०९

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिक...

कृषिलाई प्रविधीमैत्री बनाउन सके सम्पूर्ण राष्ट्रलाई मधेशले धान्न सक्छ : मन्त्री क्षेत्री

कृषिलाई प्रविधीमैत्री बनाउन सके सम्पूर्ण राष्ट्रलाई मधेशले...

वि.सं.२०८१ चैत २० बुधवार २१:३९

  जनकपुर । जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी...