CG Electronics
Ncell NPL
NIMB

दसैँमा सरकारी संस्थानले दुई हजार खसीबोका बेच्ने

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ‌ं । सरकारी स्वामित्‍वको नेपाल खाद्य संस्थानले यस वर्षको दसैँमा करिब दुई हजार खसीबोका र च्‍याङग्रा बेच्‍ने तयारी गरेको छ।

यसका लागि खाद्य संस्‍थानले खरिद प्रकिया अघि बढाएको छ। खाद्य संस्थानका निर्देशक शंकर सापकोटाका अनुसार मुस्ताङ, दाङ र मकवानपुरबाट खसीबोका र च्‍याङग्रा ल्याउने गरी तयारी थालेको हो।

जसअनुसार मुस्ताङबाट एक हजार ल्याइने छ भने दाङ र मकवानपुरबाट ५र५ सय ल्याउनका लागि खरिद प्रकिया अघि बढाएको सापकोटाले बताए। सरकारी संस्थानबाट बिक्री हुने उपभोग्य सामग्रीको मूल्य समेत तोकिएको अवस्थामा मासुमा प्रतिकेजी १० रुपैयाँ मूल्य घटाएर बेच्ने गरी मूल्य निर्धारण गरिएको छ। खुद मूल्य भने बजार मूल्य, खरिद मूल्य, ढुवानीलगायतको विश्लेषण गरी निर्धारण गरिएको सापकोटाले बताए।

कम बेच्ने योजना खाद्य संस्थानले यस वर्ष खसीबोका र च्‍याङग्राको बिक्री घटाउने भएको छ। विगतमा वर्षहरुमा करिब चार हजार खसीबोका किन्ने तथा बेच्ने गरेको संस्थाले यो वर्ष व्यवस्थापनमा समस्या रहेको भन्दै कम संख्या (दुई हजार) मात्रैका लागि खरिद प्रकिया अघि बढाएको हो।

निर्देशक सापकोटाले भने, खरिद तथा बिक्रीको व्यस्थापनमा कठिनाइ भएका कारण उपत्यकामा खसीबोका कम ल्याउन लागिएको हो।

खाद्य संस्थाले विगतका वर्षहरुमा मागको करिब २० प्रतिशतसम्म पुर्‍याउने गरेकोमा यस वर्ष भने कमी हुने देखिएको छ। बजारलाई सुलभ र प्रतिस्पर्धी गराउन सरकारी संस्थानहरूले यस्तो बेलामा छुटसहितका योजान अघि सार्ने गर्छन्।

कम मात्रमा मात्रै खाद्य संस्थानले बिक्री गर्ने भएपछि संस्थाका खसीबोका छिटो बिक्री हुने र अभाव भई बजारमा महँगो पर्न सक्ने उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्। सरकारले सुपथ पसल चलाएर मात्रै मुल्य सुलभ हुनेत हैन तर नियमनका पाटोमा भने चनाखो बन्नु पर्छ, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने।

सरकारले कम आयात गर्ने भएसँगै निजी क्षेत्रले भने खसी बोकाको आयात बढाउने तयारी गरेका छन्।

CG Electronics
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक...

वि.सं.२०८२ माघ ९ शुक्रवार २१:५७

  काठमाडौ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा...

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको सहकार्य

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२१

काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई...

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता...

वि.सं.२०८२ माघ ८ बिहीवार ००:०१

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक...

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम...

वि.सं.२०८२ माघ ७ बुधवार २२:०२

  कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ’

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको...

वि.सं.२०८२ माघ ७ बुधवार १७:१४

  प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस...

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

वि.सं.२०८२ माघ ७ बुधवार ११:२२

  काठमाडौं। आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका...