Global IME Bank Limited
Everest Bank
Nmb bank

निर्मलाकाे बलात्कार र हत्याबारे सरकारको जवाफ माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याबारे सरकारको जवाफ माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना दिनानुदिन नाटकीय रुपमा बढी जटिल र रहस्यमय बन्दै गएको तथा एक पछि अर्को अनुसन्धान टोली परिर्वतन भईरहेपनि अनुसन्धानकार्य बास्तविक अपराधीसम्म पुग्न नसकेको भन्दै कांग्रेसले त्यसबारे सरकारको जवाफ माग गरेको हो ।

विहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनाबारे सदनलाई जानकारी नगराएसम्म सदन चल्न नसक्ने बताएका छन् । उनले भने–‘अनुसन्धान मार्फत बास्तविक दोषि पत्ता लगाउन तर्फ भन्दा समग्र राज्य संयन्त्र नै बास्तविकता ढाकछोप गर्न केन्द्रीत रहेको देखिएको छ । यस घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिन थालेको आभास जनताले गर्न थालेका छन् ।’
पछिल्लो अनुसन्धान टोलीमा रहेका सदस्य उपसचिव वीरेन्द्र केसीले अनुसन्धानको विश्वसनियतामा गम्भीर प्रश्न उठाउँदै राजीनामा दिएको विषयमा पनि कांग्रेसले सरकारको जवाफ माग गरेको छ ।

केसीले पन्तको आत्मा र पीडीत परिवारले न्याय पाउने संभावना नदेखको तथा शक्तिशाली अपराधीहरुबाट मेरो ज्यान खतरामा रहेको हुँदा सरकार, मानवधिकार आयोग, राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्था र नागकिक समाजलाई समेत जीवनरक्षाका लागि अपिल गर्दै छानविन टोलीको सदस्यबाट राजीनामा दिनुले गम्भीर स्थितिको श्रृजना गरेको भन्दै उनले त्यसबारे सरकारको जवाफ माग गरे ।

उनले भने ‘आखिर यो यो अवस्था किन र कसरी आयो ? यी शक्तिशाली भनिएका अपराधीहरु को हुन् ? यो राज्यको सुरक्षा व्यवस्था र अवस्था प्रति नेपाल सरकारको उपसचिवले समेत विश्वास गर्न नसक्ने र जीवनरक्षाका लागि संयुक्त राष्ट्रसंघ र नागरिक समाजलाई गुहार्नुपर्ने अवस्था किन र कसरी आयो ? यसले अत्यन्तै गम्भीर प्रश्न उब्जाएको छ । राज्यको संयन्त्र सरकारले चलाईरहेको छ वा अन्य कुनै शक्तिले ?’

कांग्रेसले नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्याका दोषिलाई कानुनी दायरामा ल्याउन नसक्नुको कारण र खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई नियन्त्रणमा लिनुको कारण पनि सरकार संग माग गरेको छ । बस्नेतलाई अकारण नियन्त्रणमा लिएर सरकारले पत्रकारमाथि आक्रमण र प्रेस स्वन्त्रचतामाथि हस्तक्षेप गर्ने काम गरेको ठहर कांग्रेसले गरेको छ ।

यी सबै घटनाबारे सरकारको जवाफ माग गर्दै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:१४

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १८ जना...

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:००

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक...

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य अधिकार प्रदेशलाई दिनुपर्छ : पोखरेल (बागमती प्रदेश)

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य...

वि.सं.२०८० फागुन ९ बुधवार ०८:५९

काठमाडौं । बागमती प्रदेशका सांसद, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री...

कांग्रेसको खर्च : महाधिवेशन गर्न १२ करोड, आमनिर्वाचनमा १ करोड १५ लाख

कांग्रेसको खर्च : महाधिवेशन गर्न १२ करोड,...

वि.सं.२०८० फागुन ९ बुधवार ०८:५५

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनमा १२ करोडभन्दा...

कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

वि.सं.२०८० फागुन ९ बुधवार ०८:४५

  गोदावरी । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति...

ग्रीन डेभलपमेण्ट बैंकले गर्यो वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम

ग्रीन डेभलपमेण्ट बैंकले गर्यो वित्तीय साक्षरता सम्बन्धी...

वि.सं.२०८० फागुन ९ बुधवार ०५:०६

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्धनन...