Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

साल्ट ट्रेडिङको ५६औँ वार्षिकोत्सव : सबै प्रदेशमा प्रभावकारी सेवा विस्तार गरिने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले साल्ट ट्रेडिङ आफ्नो लक्ष्यमा सफल भएको बताएका छन् ।

संस्थाको ५६औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले नाफासमेत कमाउनुपर्ने बाध्यता हुँदाहुँदै पनि संस्थाले आफूलाई नाफामूलकभन्दा सेवामूलक संस्थाको भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘सेवामूलक हुनुपर्छ, नाफालाई प्रधान बनाउनु हुँदैन,’ उनले भने ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सफल पार्न साल्ट ट्रेडिङ र यसमा कार्यरत सबै र्कमचारीले आ–आफ्नो ठाउँमा अझ इमानदार भएर काम गर्न पनि उनले सुझाब दिए ।

कार्यक्रममा साल्ट ट्रेडिङ सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले संस्थान सार्वजनिक–निजी साझेदारी (पिपिपी मोडल)को उत्कृष्ट नमुना भएको बताए । चुनौतीसँग जुध्दै संस्थाले सेवामुखी भएर काम गरी सफल भएको उनको भनाइ थियो ।

बालबालिका, सामाजिक संघसंस्थालगायतलाई सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले सहयोग गर्दै आएको उनले जनाए ।

‘संस्थाले आफूले बिक्री गरेका सामग्रीको मूल्यमा बजारलाई निर्देशितसमेत गरिरहेको छ,’ उनले भने, ‘६ महिनालाई पुग्ने गरी आयोडिनयुक्त नुनको सञ्चितिसमेत गर्न सफल छ ।’दैनिक उपभोग्य वस्तु चिनी, नुनलगायत कृषकका लागि आवश्यक रासायनिक मलको अभाव हुन नदिएको उनले बताए । उक्त अवसरमा रक्तदान कार्यक्रम पनि भएको थियो ।

प्रशोधित तोरीको तेल उत्पादन गर्ने
प्रमुख कार्यकारी अघिकृत उर्मिला श्रेष्ठले संस्थाले प्रशोधित तोरीको खाने तेल उत्पादन गर्ने लक्ष्य लिएको बताइन् । उनले भनिन्, ‘स्थानीयबाट तोरी खरिद गरी हेटौँडामा बन्द अवस्थामा रहेको नेपाल वनस्पति घिउ उद्योगबाट निकट भविष्यमै तोरीको तेल उत्पादन गर्ने लक्ष्य छ ।’

उनका अनुसार साल्ट ट्रेडिङले संघीय संरचनाअनुसार सबै प्रदेशमा आफ्नो प्रभावकारी सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । संस्थाले अनुदान र अनुदानविनाको रासायनिक मल, चिनी, गहुँको बिउ प्रशोधन गरी किसानलाई वितरण गरेको बताइन् ।

त्यस्तै, भारतको सहयोगमा आयोडिनयुक्त नुन वितरण गरी गलगाँड रोग नियन्त्रणमा महत्वपूर्ण योगदान गरेको बताइन् । उनले भनिन्, ‘सन् १९८५/८६ को सर्वेमा ४४.२ प्रतिशत गलगाँड रोगीको संख्या रहेकोमा अहिले यो संख्या घटेर ०.४ प्रतिशतमा झरेको छ ।’ साल्ट ट्रेडिङले बर्सेनि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दै आएकोमा यस वर्ष पनि त्यस्ता पसल विभिन्न स्थानमा विस्तार गरिने बताइन् ।

संघसंस्था, बालबालिका र कर्मचारी पुरस्कृत

संस्थाले बालबालिका तथा ज्येष्ठ नागरिकको सेवामा लागेको सामाजिक संस्था मानव समाज आश्रम चितवनलाई बालहितकारी पुरस्कार ७५ हजार रुपैयाँ नगदसहित प्रदान गरेको छ ।

त्यस्तै, संस्थानमा कार्यरत कर्मचारीका छोराछोरीमध्येबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विवेक प्रसार्इं र श्रीद्धा महर्जनलाई लोकनाथ छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी, संस्थानमा २० वर्ष सेवा गरेका कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...