Nabil Bank
prabhubank
nic bank

मौलिक हकका १५ मध्ये १३ विधेयक पारित, यी हुन् दुबै सदनबाट पारित भएका कानुन

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौँ। संघीय संसद्का दुई सदनमा विचाराधीन रहेको १५ मध्ये १३ विधेयक पारित भएका छन्। पारित विधेयकमा प्रतिनिधिसभामा दर्ता भई कारबाही प्रक्रिया अघि बढाइएका ९ र राष्ट्रियसभामा दर्ता भएका चार विधेयक छन्। संघीय संसदमा दुबै सदनबाट भने दुई विधेयक पारित भएका संसद् कार्य सञ्चालन नियमावली अनुसार दुबै सदनबाट पारित भएपछि मात्रै विधेयक प्रमाणीकरणका लागि पठाइनेछ।

दुबै सदनले शुक्रबार र शनिबार अधिकांश विधेयक पारित गरेका हुन्। प्रतिनिधिसभाले शुक्रबार ७ र शनिबार ४ विधेयक पारित गरेको छ। शनिबार पारित भएका चारमध्ये दुई विधेयक भने राष्ट्रियसभाबाट पारित भई पेस भएका विधेयक हुन्।

यस्तै, राष्ट्रियसभाले शुक्रबार तीन र शनिबार एक विधेयक पारित गरेको हो। सबै विधेयक राष्ट्रियसभामा दर्ता भएका विधेयक हुन्। प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा पेस भएका विधेयक भने संशोधन दर्ताका चरणमा रहेका छन्।

प्रतिनिधिसभाले पारित गरेका विधेयक
प्रतिनिधिसभाले आफ्नै सभाबाट प्रक्रिया अघि बढाएका ९ सहित ११ विधेयक पारित गरेको छ। ९ विधेयकमा –

सुरक्षित मातृत्व तथा प्रजजनन सम्बन्धी विधेयक
जनस्वास्थ्य सम्बन्धी विधेयक
रोजगारीको हक
उपभोक्ता संरक्षण विधेयक
खाद्य अधिकार सम्बन्धी विधेयक
आवासको अधिकार सम्बनधी विधेयक
भूमिसम्बन्धी विधेयक
वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक
जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय सम्बन्धी विधेयक,

राष्ट्रियसभाले पारित गरेका विधेयक
बालबालिकाको हक सम्बन्धी विधेयक
वातारण संरक्षण विधेयक
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक
अपराध पीडितको संरक्षण सम्बन्धी विधेयक

दुबै सदनबाट पारित विधेयक
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक
वातावरण संरक्षण विधेयक

नियमावली अनुसार एउटा सदनबाट पारित भएका विधेयक अर्कोमा पेस हुनेछन्। दुबैबाट पारित भएपछि प्रमाणीकरणका लागि पठाइनेछ।

‘श्रमाधान रोजगार मेला’को समुद्घाटन समारोह अज, तयारी भव्य

‘श्रमाधान रोजगार मेला’को समुद्घाटन समारोह अज, तयारी...

वि.सं.२०८१ जेठ १७ बिहीवार १०:२७

  विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट समुद्घाटन हुने ‘श्रमाधान...

बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य लिनु अहिलेको समयमा उपयुक्त : विज्ञ सुवेदी

बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०९:४३

  काठमाडौं । सार्वजनिक वित्त क्षेत्रका विज्ञ बाबुराम सुवेदीले आगामी...

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण : बौद्ध तीर्थयात्री

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण :...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३६

बुद्धिमान लामा, पाकिस्तान एक जीवन्त पर्यटन क्षेत्र सिर्जना गर्न अथक...

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं : अर्थमन्त्री

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१३

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई...

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१०

  काठमाडौं । गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले...

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२८

  काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास...