Ncell NPL
NIMB
NMB Bank

सवारी चालकको आन्दोलन अनियन्त्रित, चालकलाई नै जुत्ताको माला

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । मुलुकी संहिताको विरोधमा आन्दोलनरत सवारी चालकहरुले बन्दको अवज्ञा गरेको भन्दै आफ्नै सहकर्मीहरुलाई जुत्ताको माला लगाएका छन् ।

 

बन्दका कारण विभिन्न जिल्लामा सार्वजनिक यातायातका साधनहरु निकै कम चलेका छन् । सडकका गुडेका सवारीहरुलाई रोक्ने र विभिन्न ठाउँमा जुत्ताको माला लगाएर मानमर्दन गर्ने काम भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ ।

 

उसका अनुसार आन्दोलनकारीले धादिङको सिम्ले, झापाको विर्तामोड, कपिलवस्तुको चन्द्राैटा, महोत्तरीको वर्दिवास, बारा, पर्सा लगायतका जिल्लाहरुमा यात्रुसहितका सवारी साधनलाई रोकी चालकलाई जुत्ताको माला लगाएका छन् ।

 

पूर्वघोषित कार्यक्रम सवारीको चाबी बुझाउने भएपनि चालकलाई कालोमोसो, जुत्ताको माला लगाउने जस्ता गतिविधिमा उत्रिएका छन् ।

 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव नवराज घिमिरेले भने मजदुरलाई कसैले भड्काएको बताए । मुलुकी अपराध संहिता र यातायात व्यवस्था ऐन २०४९ मा भएको संशोधनमा दुर्घटनामा कसैको मृत्यु भए चालकलाई ५ देखि १२ वर्ष कैदको व्यवस्था भएको भनी झुटो प्रयास भएको उनले बताए ।

 

‘निर्दोष चालकहरु जेल गइहाल्नु पर्ने अवस्था छैन । तर, ऐनमा नभएको कुरा प्रचार गरेर मजदुरहरुलाई भड्काइयो’ उनले भनेका छन् ।

 

यातायात मजदुरहरुको आवरणमा गलत तत्वले उदण्डता मच्चाउने काम भएको संगठनले बताएको छ ।

 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:०७

  काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को...

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक...

वि.सं.२०८३ वैशाख २ बुधवार ०९:१२

  भक्तपुर। हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट...