Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

यसरी जम्यो जिग्री र पाँडेको जोडी

kumari  bank

 

कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) टेलिसिरियल ‘भद्रगोल’का चर्चित पात्र हुन् । केही समय स्थगित ‘भद्रगोल’ पुनः सु भएको छ । एक दशकदेखि कलाकारिता गरिरहेका जिग्री र पाँडेका टेलिसिरियल मात्र होइन, देशविदेशका स्टेज कार्यक्रमहरूमा पनि प्रस्तुति खुब जम्छ । उनीहरूले एकअर्कालाई कसरी बुझेका छन् त ?  पढौँ

 

कुमार कट्टेल (जिग्री)

पाँडेसँग कहिले भेट भयो ?

सात वर्षअगाडि मिडिया लिग फुटबल आयोजना भएको थियो । गेम सकिएपछि पार्टीमा उहाँ र मेरो भेट भएको रहेछ तर मैले राम्रोसँग नोटिस गरेको थिइनँ, उहाँले चाहिँ मलाई नोटिस गर्नुभएछ । पछि एउटा अन्तर्वार्ताका क्रममा औपचारिक रूपमा चिनजान भयो ।

सँगै काम गर्ने योजनाचाहिँ कसरी बन्यो ?

उहाँ त्यति बेला नेपाल टेलिभिजनमा ‘सिस्नुपानी झ्याम्मै’ सिरियल गरिरहनुभएको थियो । उहाँले राम्रो टिम खोजिरहनुभएको रहेछ । सिरियलको सातौं भागबाट हामी मिलेर नयाँ पात्र, नयाँ कथामा काम सुरु गर्‍यौं । १८ भागसम्म चल्यो । रोकिनु हुँदैन भनेर हामीले ‘भद्रगोल’ नाम राखेर अर्को सिरियल सुरु गर्‍यौं ।

जिग्रीको नजरमा पाँडेका राम्रा पक्ष के के हुन् ?

उहाँ आँटिलो र साहसी हुनुहुन्छ अन्याय सहनै नसक्ने मान्छे हो उहाँ । सकारात्मक सोच भएको र राम्रोका लागि ज्यान दिने मान्छे हो पाँडे । माहोललाई एकदम खुसी बनाउन सक्ने मान्छे पनि हो । कुनै अवस्थामा माहोल चेन्ज गर्न उहाँको उपस्थिति नै काफी छ ।

नराम्रो पक्षचाहिँ ?

कहिलेकाहीँ अवस्था, विषयवस्तु र माहोल नबुझी क्षणिक उत्तेजनामा आउनुहुन्छ । तर, बुझेपछि त्यसैलाई लिएर अल्मलिनु हुन्न ।

रियल लाइफमा जिग्री र पाँडेको कत्तिको झगडा पर्छ ?

काम गर्ने क्रममा कहिलेकाहीँ डिस्कस हुन्छ तर लामो समय रहँदैन, फेरि पुरानै लयमा फर्किन्छौं ।

साथीहरूसँग कस्तो व्यवहार छ उहाँको ?

कुनै पनि मान्छेलाई रिलेसनमा राखिरहन सक्ने खुबी छ । उहाँ टिममा पनि राम्रोका लागि कहिलेकाहीँ गाली पनि गर्नुहुन्छ र माया पनि उत्तिकै गर्नुहुन्छ ।

उहाँका केटी साथी पनि होलान् नि ?

उहाँ विवाहित मान्छे हो । छोरी र श्रीमतीलाई समय दिनुहुन्छ । कामलाई ध्यान दिनुहुन्छ । पाँडे भनेर मन पराएर धेरैले फोन त गर्छन् तर ती फ्यान, शुभेच्छुकका रूपमा लिनुहुन्छ । गर्लफ्रेन्ड सर्लफ्रेन्ड बनाउनुभएको छैन ।

 टेलिभिजनमा देखिने पाँडे र रियल पाँडेमा के फरक पाउनुहुन्छ ?

टीभीमा देखिने पाँडे त साह्रै नै फटाहा, भँडुवा हो । समाजमा मिल्दैन र मिल्न दिँदैन । त्यो एकदम नकारात्मक पात्र हो । अब पाँडे पात्र छाडेर अर्जुन घिमिरेमा आउँदा उहाँमा त्यस्तो छैन । कसैले दुःख पाएको छ भने सहयोगका लागि अग्रसर हुने अनि समाजलाई जोड्न खोज्ने स्वभाव छ उहाँको ।

अर्जुन घिमिरे (पाँडे)

कहिलेदेखि चिन्नुहुन्थ्यो जिग्रीलाई ?

उहाँले ‘मेरिबास्सै’मा ‘जिग्री हजुर’ भएर खेल्दादेखि नै राम्रो अभिनय गर्ने यो को मान्छे रहेछ भनेर बुझ्दा धुर्मुस दाइ (सीताराम कट्टेल)को भाइ भन्ने थाहा पाएँ । सात वर्षअघि भेट भयो, सहयात्रा गरिन्छ भन्ने कल्पना गरेको थिइनँ ।

जिग्रीको के कुराले प्रभावित हुनुहुन्थ्यो ?

उहाँसँग भेट भएपछि अभिनयभन्दा उहाँको गायनको फ्यान भएको थिएँ । उहाँ राम्रो गाउनुहुँदो रहेछ । कार्यक्रममा उहाँले गीत गाएर माहोल रमाइलो बनाउनुभएको थियो ।

जिग्रीको राम्रो पक्ष के देख्नुहुन्छ ?

काममा एकदमै ध्यान दिने । एकदमै सामाजिक मनोभावना भएको मान्छे । कसैको सानोतिनो दुःखका कुरा समाचारमा आयो भने ‘हामी जाऔं सहयोग गरौं’ भन्ने स्वभाव छ । सिर्जनशील अनि सकारात्मक सोच भएको मान्छे ।

नराम्रो पक्षचाहिँ ?

कहिलेकाहीँ कुराको सार तत्व नबुझी, गहिराइमा नपुगी रिसाउने स्वभाव छ । समयमा अलि लापरबाह हुनुहुन्छ । कहिलेकाहीँ यो दिन मिटिङ गरौं है भन्यो, त्यो दिन मान्छे गायब ।

 कहिलेकाहिं मनमुटाव हुन्छ होला नि ?

मलाई चित्त नबुझेको कुरा तुरुन्तै सेयर गर्छु, उहाँ पनि मेरो केही कुरो भेट्नुभयो भने तपाईंको यो के हो ? भनेर भनिहाल्नुहुन्छ । यसले एकअर्कामा भावना माझिन्छ र टुस रहँदैन ।

 धेरै जोडी फुटे, यो जोडी कत्तिको टिक्ला भन्ने लाग्छ ?

अरू जोडीहरूको आर्थिक कारणले टकराव भएको देखिन्छ । हामी दुवै पैसालाई सेकेन्डरी पाटोमा राख्छौं । यसैले हाम्रो जोडी दूरगामी हुन्छ जस्तो लाग्छ । अहिले त कलाकारितासँगै ‘जिग्री–पाँडे प्रतिष्ठान’ खोलेर समाजसेवा पनि गरिरहेका छौं ।

साथीहरूसँग जिग्रीको व्यवहार कस्तो छ ?

उहाँ मन परेको मान्छेसँग एकैछिनमा घुलमिल गर्नुहुन्छ । तर, मनमा यो मान्छे अलि खराब नियतको हो भन्ने लाग्यो भने संगत गर्नुहुन्न । उहाँसँग मान्छे चिन्ने क्षमता छ ।

 जिग्रीको फोनचाहिँ कत्तिको आउँछ नि ?

उहाँले योङ, टिनएजको क्यारेक्टर गर्नुभएको छ । त्यसमाथि जिग्री लोकप्रिय पात्र छ । बच्चादेखि वृद्धसम्म उहाँको थेगो लोकप्रिय छ । त्यसकारण पनि उहाँको धेरै फोन आउँछ । कुमार कट्टेलभन्दा पनि जिग्रीलाई आउने फोनहरू धेरै छन् ।

 केटाका कि केटीका फोन धेरै आउँछन् ?

केटा, केटी सबैको फोन आउँछ । कति केटाकेटी त फोनमा जिग्री बोलेपछि मात्र सुत्छन् । उहाँले फोन गरेर पढ भनेपछि मात्र होमवर्क गर्ने पनि छन् । जिग्री अविवाहित हो तर धेरै विवाहितका बच्चा कन्ट्रोल गर्नु परेको छ ।

उहाँ डोकैभरि गर्लफ्रेन्ड बोकेर हिँड्ने मान्छे होइन । सायद आफूलाई सुट हुने भेट्नुभएको छैन होला । सात वर्षसम्म संगत गर्दा कहीँ डेटिङ गएको पनि थाहा छैन, गर्लफ्रेन्ड यो हो भन्ने पनि थाहा छैन ।

योचाहिँ झुटो बोल्नुभयो होला ?

होइन । प्रायः मान्छेले रक्षाचाहिँ जिग्रीको गर्लफ्रेन्ड हो भन्छन् तर रक्षा म्यारिड हो भन्ने धेरैलाई थाहा छैन । सिरियलको ट्युनिङले गर्दा रियल लाइफमा पनि यही हो भन्छन् तर होइन । पछिल्लो समयचाहिँ उहाँको गर्लफ्रेन्ड छ कि भन्ने शंका लागिरहेको छ है ।

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र आधुनिकता बीचको सेतु

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र...

वि.सं.२०८२ वैशाख २५ बिहीवार १४:४१

काठमाडौँ । कोलकातास्थित प्रतिष्ठित संगीत संस्था इटर्नल साउण्ड्स LLP ले...

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले जितिन् दुई अवार्ड

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले...

वि.सं.२०८२ वैशाख २३ मंगलवार २०:५६

काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता...

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री...

वि.सं.२०८२ वैशाख २२ सोमवार २१:०६

  काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...