Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

जोशीपुरका व्यापारी हत्या आरोपमा ३ पक्राउ

 

प्रहरीले कैलालीको जोशीपुर गाउँपालिका-१ का व्यापारीको हत्यामा संलग्न ३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ। तीनैजनालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको हो।

 

भदौ २८ गते ३२ वर्षीय रामप्रसाद ओझा (जैशी) को घरमै हत्या भएको थियो।

कैलालीको जोशीपुर गाउँपालिका-१ बस्ने ४१ वर्षीय गंगाराम चौधरी र सोही ठाउँ बस्ने ३८ वर्षीय राजकुमार डगौरा चौधरीलाई प्रत्यक्ष संलग्नमा पक्राउ गरी सार्वजनिक गरेको हो। घट्नाको मुख्य योजनाकार नै गंगाराम रहेको प्रहरीले जनाएको छ।

यस्तै घट्नामा संलग्न व्यक्तिलाई सहयोग गरेकोमा टिकापुर नगरपालिका- ३ घर भएका हाल कैलालीको गोदावरी नगरपालिका-८ बस्ने ३५ वर्षीय डम्बर चौधरीलाई पक्राउ परेको छ। मृतक रामप्रसादले प्रयोग गरेका सामानसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए।

पूर्व योजनाअनुसार ओझाको पसलमै गएर प्लाष्टिकको कभर भएको तारले घाँटी कसेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। आर्थिक कारणले नै ओझाको हत्या गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक वलीले बताए।

उक्राउ परेका उनीहरुको साथबाट मोबाइल, नगद र एनसीएल रिचार्ज कार्डसमेत बरामद गरेको उनले जानकारी दिए। भदौ २८ गते हरितालिका तीज मनाउन श्रीमती माइत गएको समयमा उनको हत्या भएको थियो। उनी जोशीपुर बजारमा किराना पसल चलाउँदै आएका थिए।

जैशीको हत्या भएको भन्दै जोशीपुर बजारका व्यापारीले विरोध समेत गरेका थिए। उनको साथबाट नगद समेत लुटपाट भएकाले त्यो खुल्न सकेको छैन्। प्रहरी समयममै घटनास्थल नआएपछि आलोचना समेत भएको थियो।

नगद समेत लुटपाट भएकाले उनीहरुमाथि थप सजाए हुने प्रहरी नायव उपरीक्षक वलीले जानकारी दिए। मुलुकीय फौजादारी संहिता ऐन कसुर अपाराध १७८ मा बमोजिम हत्या भएको प्रमाणित भए जन्मकैदको व्यवस्था रहेको छ।

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री...

वि.सं.२०८२ वैशाख २२ सोमवार २१:०६

  काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य व्यवसायलाई कागजात पेश गर्न निर्देशन

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य...

वि.सं.२०८२ वैशाख १४ आइतवार २२:१५

  काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत...

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

वि.सं.२०८२ वैशाख ११ बिहीवार २१:३४

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको...