Global IME Bank Limited
Everest Bank
Nmb bank

दशैंमा घर किन्नेलाई ५० लाख रुपैयाँ छुट देखि फुल फर्निसिङ सम्मका अफर

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

दशैं/तिहारमा हाउजिङ किन्दा कम्पनीहरुले ५० लाख रुपैयाँ छुट दिने देखि फुल फर्निसिङ सम्मका अफर ल्याएका छन्

धेरै जसो कम्पनीले बनाएका हाउजिङ पहिलेनै बिक्रि भइसकेका र नयाँ हाउजिङ बनाउन नपाएकाले यो पटक दशैं अफरमा धेरै प्रतिस्पर्धा छैन।

सीमित कम्पनीसँग मात्रै घर भएकाले कतिपयले कुनै नयाँ छुट अफर नल्याएरै घर बेच्ने योजना बनाइरहेका छन्। पद्मा कोलोनी, बृहत इन्भेष्टमेन्ट लगायतका कम्पनीले कुनैपनि छुट अफर ल्याएका छैनन्।

तर सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्सले भने दशैं तिहार अफर भन्दै ५० लाख रुपैयाँ सम्म छुट दिने अफर सार्वजनिक गरेको छ।कम्पनीले गोदावरीमा रहेको सिभिल होम्सको हाउजिङमा एक करोड ४१ लाख रुपैयाँमै घर उपलब्ध गराउने जनाएको छ। त्यसैगरि रामकोटमा रहेको हाउजिङ एक करोड ६५ लाख रुपैयाँमा उपलब्ध गराउने जनाएको छ।

कम्पनीले रामकोटमा दुई करोड १५ लाख रुपैयाँ मूल्य तोकेको हाउजिङ दशैं अफर अन्तर्गत एक करोड ६५ लाख रुपैयाँमा बिक्रि गर्ने जनाएको हो। ३ आना ५ पैसा क्षेत्रफलमा बनेको अढाइ तला घरको मूल्य एक करोड ६५ लाख रुपैयाँ देखि सुरु गरिएको छ।

डाउनटाउन हाउजिङले पनि दशै अफर अन्तर्गत फुल फर्निसिङको अफर ल्याएको छ। ललितपुरको इमाडोलमा ३ आना ३ पैसा क्षेत्रफलमा बनेका घरको मूल्य दुई करोड रुपैयाँबाट सुरु गरिएको छ। डाउनटाउनले दशैं अफरका लागि घरको मूल्य नघटाएर फुल फर्निसिङको सुविधा दिएको कम्पनीले जनाएको छ।

पद्‍मा कोलोनीले दशैंको लागि कुनै नयाँ अफर ल्याएको छैन। कम्पनीले गत वर्षकै मूल्यमा यो वर्ष पनि घरहरु बिक्री गरिरहेको छ। चार आना क्षेत्रफलमा बनेका घरको मूल्य दुई देखि तीन करोड रुपैयाँ सम्म तोकिएको छ। छुट्टै अफर नल्याएपनि घर किन्दा सबै पैसा तिरेमा विशेष छुट दिने कम्पनीले जनाएको छ।

बृहत इन्भेष्टमेन्ट ग्रुपले भैंसेपाटी, बल्खु र रामकोटमा दुई करोड रुपैयाँ माथी मूल्य राखेर निर्माणधीन घर बिक्री गरिरहेको छ। ३ आना ३ पैसा क्षेत्रफलमा बनाउने घरको लागि एकमुष्ठ पैसा तिरेमा ११ लाख रुपैयाँ सम्मछुट दिने कम्पनीले जनाएको छ।

रोडशो रियल स्टेट कम्पनीले भने बनिसकेका सबै हाउजिङ बिक्रि भइसकेको र सरकारले जग्गाको कित्ताकाट रोकेकोले नयाँ घर बनाउन नपाएको जनाएको छ। धेरै हाउजीङ कम्पनीले पनि बनिसकेका घरहरु बिक्री भइसकेको र नयाँ घर बनाउन सरकारले अनुमति नदिएकाले खाली बस्नुपरेको बताएका छन्।

‘कृषिजन्य उद्योगमा विद्युत निःशुल्क गर्नुपर्छ’

‘कृषिजन्य उद्योगमा विद्युत निःशुल्क गर्नुपर्छ’

वि.सं.२०८० माघ २७ शनिवार १९:३०

  काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले,...

कृषिमा आधारित उद्योगको विकासमा केन्द्रीत छौं : प्रधानमन्त्री

कृषिमा आधारित उद्योगको विकासमा केन्द्रीत छौं :...

वि.सं.२०८० माघ २० शनिवार १७:०१

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगको विकासमा...

काठमाडौँ जिल्लाबाट प्रदिप तामाङ भए राष्ट्रपति उत्कृष्ट कृषक मातातिर्थमा व्यवसायिक च्याउ खेती गर्दै आएका थाक्रे

काठमाडौँ जिल्लाबाट प्रदिप तामाङ भए राष्ट्रपति उत्कृष्ट...

वि.सं.२०८० माघ १५ सोमवार ०३:११

गाउँपालिका ३, धादिङका प्रदिप तामाङ काठमाडौँ जिल्लाबाट राष्ट्रपति उत्कृष्ट कृषक...

प्रविधिमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव : मन्त्री भूषाल

प्रविधिमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव :...

वि.सं.२०८० माघ १२ शुक्रवार १८:५१

  काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भूषालले प्रविधिको...

डेरी क्षेत्रमा आवश्यक नीति तर्जुमा गर्न मन्त्रालय तयार

डेरी क्षेत्रमा आवश्यक नीति तर्जुमा गर्न मन्त्रालय...

वि.सं.२०८० माघ ७ आइतवार २२:५४

  काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण...

पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्टको खानालाई ‘अतिउत्तम वर्ग’को प्रमाणीकरण

पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्टको खानालाई ‘अतिउत्तम...

वि.सं.२०८० माघ ५ शुक्रवार १५:१२

  काठमाडौं । पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्टको खानालाई 'अतिउत्तम...