Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘रिसाएका’ माधव नेपाललाई सिंगापुरबाट प्रचण्डले फोन गरेर यसो भने

Machhapuchchhre Bank Limited

 

काठमाडौं– सरकार सञ्चालन र पार्टी प्रदेश कमिटी गठनमा आफ्नो पक्षलाई बेवास्था गरिएको भन्दै असन्तुष्ट बनेका नेकपा नेता माधवकुमार नेपाललाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंगापुरबाट फोन गरेका छन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा छन् ।

प्रचण्डले फोन गरेर नेता नेपाललाई आश्वस्त पार्ने प्रयास गरेका हुन् । प्रचण्ड-नेपाल फोन वार्तालाई उद्धृत गर्दै नेपाल निकट स्रोतले भन्यो – ‘प्रचण्डले फोन गरेर भन्नुभयो- सल्लाह गरेर नै जाने हो । तपाईंलाई त्यस्तो नपरोस् । तपाईं उता (विदेश) गएको बेला त्यस्तो पर्‍यो । ढुक्क हुनुस्, मिलाएरै जाने हो ।’

 

नेता नेपालले गत बिहीवार संसदमा बोल्दै सरकारको काम कारवाही बारे असन्तुष्टि जनाएका थिए । त्यसको भोलिपल्ट बानेश्वरस्थित एक होटलमा नेता नेपालले स्थायी समिति सदस्यहरूका लागि चियापान आयोजना गरेका थिए । त्यसपछि नेकपाभित्र हलचल पैदा भएको छ ।

नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि विदेश भ्रमणमा छन् । राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओली अहिले कोष्टारिकामा छन् ।

संसदमा माधव नेपालको सम्बोधनपछि प्रधानमन्त्री ओलीले अमेरिकाबाटै जवाफ फर्काएका छन्, ‘देश डुब्दैन, म फर्किँदै छु ।’

माधव नेपाल र प्रचण्डबीचको फोन वार्ताबारे नेकपाकै केन्द्रीय सदस्य विष्णु रिजालले पनि फेसबुकमा लेखेका छन् । रिजाल माधव नेपाल प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार थिए ।

हेर्नुहोस्, यस्तो छ स्टाटस :

दशैं–तिहारका बेला बम्पर उपहारका अनेक कार्यक्रम सार्वजनिक हुन्छन् । अहिले चाहिँ पार्टीमा त्यस्तै बम्पर खुलेको छः माधव नेपालको सके जति विरोध गर्नुहोस्, नम्बर बढाउनुसहोस् । त्यसका लागि सामाजिक सञ्जालमा लेखेर, सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर, बुस्ट गर्ने गरी लेख लेखेर– जुन हिसावले सकिन्छ, त्यही हिसाबले सत्तोसराप गर्दा हुन्छ । यसो गर्दा पार्टीमा पद प्राप्त व्यक्ति छ भने त्यस पदका लागि उसको खास योग्यता झल्किन्छ, पार्टी एकता भइरहेको यस चरणमा कुनै पार्टी वा जनवर्गीय संगठनमा इच्छा लागेको पद पाउन सकिन्छ, सरकारी नियुक्तिका लागि ब्याकुल छ भने उसको उचित मूल्यांकन हुन्छ । जागिर धरापमा पर्छ कि भनेर चिन्ता गर्दै अरुको पतनको दिउँसै सपना देख्ने साथीहरुलाई चेतना भए हुन्छ, तिनको व्यक्तित्व बन्नमा पनि कुनै न कुनै रुपमा माधव नेपालकै योगदान छ होला । हिजो केपी ओली कमजोर हुँदा ती कहाँ थिए ? तिनले बोल्ने भाषा कस्तो थियो ? जनकपुर महाधिवेशन ताका, बुटवल महाधिवेशन ताका र त्यसपछि माधव नेपाल सत्तामा हुँदा तिनको के हालत थियो ? ती माधव नेपालका वरिपरि कसरी परिक्रमा गर्दथे ? हिसाव–किताव अरुले पनि राखेका होलान् ।

जहाँसम्म माधव नेपालले सरकारको विरोध गरे भन्ने चर्चा छ, त्यसमा दम छैन । सरकारले अझै राम्रो काम गरोस्, हामीले नसके कसैले सक्दैन, कम्युनिस्ट पार्टीको विकल्प छैन भनेर संसद्मा बोलेको कुरालाई विषयान्तर गर्दै जीविका चलाउनेहरुलाई धेरै भन्नु केही छैन । तर, बानेश्वर चोकमा उभिएर सर्वसाधारणलाई सोध्दा हुन्छ– सरकारका बारेमा आम मानिसहरुको के धारणा छ ? पक्कै पनि सरकारमा पदमा बस्नेहरुलाई जताततै राम्रो लाग्छ । तर, वास्तविकता यति मात्र होइन नै भन्दा यत्रो हमला ? के त्यसो भए माधव नेपालले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्ति एकदम राम्रो छ भनेर नारा लगाउनुपथ्र्यो ? के पुनर्निर्माण प्राधिकरणमा सुशील ज्ञवाली अनि बायुसेवा निगममा झापाका मदन खरेल, भारतका लागि राजदूतमा निलकण्ठ उप्रेतीहरुको नियुक्तिका पक्षमा आरती उतार्नुपथ्र्यो ? जनताको अपेक्षा र पार्टीको घोषणापत्र लत्याउँदै ल्याइएको बजेटका पक्षमा नाराबाजी गर्नुपर्थ्यो ?

कुरा सरकारको होइन, यतिबेला पार्टीको हो । पार्टीमा निर्वाचित भएर आएका जिल्ला कमिटीका नेताहरुलाई उपेक्षा गरेर आफू निकटका व्यक्तिहरुलाई नियुक्ति गर्ने कुरा माधव नेपालले स्वीकार गर्नुभएको छैन । उहाँ अध्यक्षसँग सल्लाह गरेरै विदेश गएको बेला त्यही भएर आगलागी भए जस्तो, तत्कालै दमकल चाहिहाल्ने गरी सचिवालयको बैठक बोलाएर माधव नेपाल पक्षलाई पूरै उपेक्षा गरेर प्रदेश कमिटीहरु बनाइएको छ । यसमा उहाँको विरोध छ ।
अहिले कसैले सरकारको विकल्प खोजेको छैन । चार बुँदे सहमति अनुसार केपी ओलीलाई अझै दुई वर्ष सरकार चलाउने सुविधा छ भन्ने कुरा माधव नेपाललाई पनि थाहा छ । आक्रमणलाई तेज पार्न, पार्टीमा एकलौटी गर्न र आफ्नो अयोग्यताहरुलाई ढाकछोप गर्न अरुलाई हेपेर जति नै अन्तर्वार्ता दिए पनि, नांगै मैदानमा उतारे पनि सत्य छोपिँदैन ।

हामी पार्टी एकताको चरणमा छौँ । यतिबेला विवाद बढाएर कसैलाई फाइदा छैन । तर, पार्टीका जिम्मेवार तहमा बसेका नेताहरुलै मर्यादा नाघेर मैदानमा उत्रिएपछि प्रस्ट भए हुन्छ, प्रतिवाद पनि त्यही तहकै हुन्छ । किनभने, हाम्रो पार्टीको विधानमै लेखिएको छ, ‘पार्टीका सबै सदस्य समान छन् ।’

फेरि पनि नेताहरुबीच यतिबेला अझ बढी सुझबुझ र सहमति आवश्यक छ । विधि बन्नै बाँकी छ, नेतृत्वका बीचमा सहकार्य अनिवार्य छ । हिजो विहान मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगापुरबाट फोन गरेर माधव कमरेडसँग ठीकै कुरा गर्नुभएको छ । हुन त यसरी पार्टीभित्रकै नेताहरुबीच कुरा हुँदा पनि सत्ताका ध्रृतराष्ट्रहरुले ‘आफ्ना’ का विरुद्ध ‘पराइसँग सल्लाह गरेकाले’ उनीहरुको ‘पतन हुने’ आरोप लगाउन बाँकी राख्दैनन् । तर पनि, परिस्थिति सम्हालेर एकतालाई जोगाउनैपर्छ, कार्यकर्ताको स्वाभिमानलाई उँचो पार्नैपर्छ ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...