Global IME Bank Limited
Everest Bank
Nmb bank

झलनाथ खनालको चेतावनी-अब नेकपा नामको डुंगा दुर्घटना हुन् सक्छ

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)भित्र पूर्व एमालेका शीर्ष नेताहरुबीच ठूलो वाकयुद्ध चलेको छ ।

सरकारको आलोचना गरेर चर्चा कमाएका नेता माधव कुमार नेपालसँगै अर्का नेता झलनाथ खनालले पनि आफ्नो असन्तुष्टि पोखेका छन् ।

खनालको असन्तुष्टि सरकारसँग मात्रै छैन । पार्टीभित्र गुटलाई मौलाउन दिएको भन्दै उनले नेता नेपालको पनि आलोचना गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले पार्टी सन्चालन पद्दति र सरकार सन्चालन विधिमा सुधार नगरे नेकपा नामको डुंगा दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको कार्यशैली सन्तोषजनक नभएको भन्दै पार्टीका वरिष्ठ नेता खनालले भने, ‘प्रधानमन्त्री केपी ओली नेतृत्वमा सरकार बनेको सात महिना पूरा भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको पनि पाँच महिना बित्न लागेको छ । तरपनि प्रधानमन्त्रीको कार्यशैली सुध्रने संकेत भने देखिएको छैन ।’

नेता झलनाथ खनलले सरकारको क्रियाकलाप सन्तोषजनक नभएको भन्दै कार्यशैली सुधारमा जोड दिए । सोमबार इमेज खबरसँगको कुराकानीमा नेता खनालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

नेता खनालले पार्टीभित्रको गुट–उपगुटका कारण सरकारको आलोचना हुँदा अर्को गुट रमाउने शृंखला भएपनि यसले पार्टीलाई अहित गर्ने भन्दै जतिसक्दो चाँडो तत्लो तहसम्म एकता प्रक्रियालाई टुंग्याउन माग गरे ।

पार्टी सन्चालनको शैली, सरकारको काम–कारबाहीबारे समीक्षा गरेर सुध्रने बाटो तय गर्नका लागि तत्काल स्थायी समिति बैठक राख्नुपर्ने नेता खनालको सुझाव छ ।

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे : अमरेश कुमार

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे :...

वि.सं.२०८० फागुन १२ शनिवार ०७:५४

  काठमार्डौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिक सरकारी...

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

वि.सं.२०८० फागुन १२ शनिवार ०७:४८

काठमाडौं । श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रसान्त क्षेत्रका मुलुकहरु सहभागी...

पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

वि.सं.२०८० फागुन १२ शनिवार ०७:३६

विराटनगर । पूर्वी नाकाबाट तीन महिनाको अवधिमा तीन अर्ब ६९...

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:१४

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १८ जना...

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:००

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक...

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य अधिकार प्रदेशलाई दिनुपर्छ : पोखरेल (बागमती प्रदेश)

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य...

वि.सं.२०८० फागुन ९ बुधवार ०८:५९

काठमाडौं । बागमती प्रदेशका सांसद, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री...