Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

कात्तिक १५ देखि अनलाइन कार्यान्वयनका लागि तयार रहन ब्रोकरलाई नेप्सेको आग्रह

Machhapuchchhre Bank Limited

कात्तिक १५ देखि अनलाइन कार्यान्वयनका लागि तयार रहन ब्रोकरलाई नेप्सेको आग्रह

काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मोक ट्रेडिङ चलिरहेको छ । अनलाइन प्रणाली कार्यान्वयनको पूर्वसन्ध्यामा जारी  मोक ट्रेडिङले अझै लय समात्न सकेको छैन । भद्रगोल अवस्थाका बीच अपेक्षाभन्दा निकै कम लगानीकर्ताले मात्र मोक ट्रेडिङमा सहभागिता जनाइरहेका छन् ।

मोकमा देखिएको भद्रगोलको व्यवस्थापन नभइरहेको बेला नेपाल स्टक एक्सचेञ्जले भने अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयनका लागि तयार रहन ब्रोकरहरुलाई निर्देशन दिएको छ ।

सोमबार नेप्सेमा स्टक ब्रोकर अशोसिएसनका अधिकारी र नेप्सेका उच्चपदस्थ अधिकारीबीच अनलाइन कारोबार प्रणाली कार्यान्वयनको बिषयमा छलफल भएको थियो । सो क्रममा नेप्सेका अधिकारीहरुले नोभेम्बर १(कात्तिक १५)देखि अनलाइन कारोबार प्रणाली कार्यान्वयनका लागि तयार रहन निर्देशन दिएका हुन्।

 

‘नेप्सेले हामीलाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको कार्यान्वयनका लागि नोभेम्बर १ देखि तयार रहन भनेको छ ।’ छलफलमा सहभागी एक ब्रोकरले बिजशालासँग भने–‘हामीले मोक ट्रेडिङ नै व्यवस्थित नभइरहेको अवस्थामा पूर्ण अनलाइनको कार्यान्वयन सहज छैन भनेका छौं ।’

 

ब्रोकरहरुले मोक ट्रेडिङ अझै व्यवस्थित हुनुपर्ने, लगानीकर्ताहरुले मोक नै चलाउन नजानिरहेको अवस्थामा हतारोमा अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउँदा त्यसले समस्या हुने बताए पनि नेप्सेका अधिकारी भने नोभेम्बर १ बाटै अनलाइनको सुरुवात गर्ने बिषयमा दृढ देखिएका ती ब्रोकरले बताए ।

 

नेप्सेका अधिकारीहरुले दशैंअघि यूजर एसेप्टेन्स टेस्ट(यूएटी)को काम सकिने दाबी गरेका थिए । यूएटी नै सकिएपछि दशैं लगत्तै अनलाइन कारोबार प्रणालीमा जान सकिने भएको भन्दै अब यसमा ढिला गर्न नहुने नेप्सेका अधिकारीहरुले बताएका हुन् ।

 

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:००

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा...

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५६

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त...

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् :...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५३

  काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले...