CG Electronics
Ncell NPL
TATA Banner

कात्तिक १५ देखि अनलाइन कार्यान्वयनका लागि तयार रहन ब्रोकरलाई नेप्सेको आग्रह

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

कात्तिक १५ देखि अनलाइन कार्यान्वयनका लागि तयार रहन ब्रोकरलाई नेप्सेको आग्रह

काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मोक ट्रेडिङ चलिरहेको छ । अनलाइन प्रणाली कार्यान्वयनको पूर्वसन्ध्यामा जारी  मोक ट्रेडिङले अझै लय समात्न सकेको छैन । भद्रगोल अवस्थाका बीच अपेक्षाभन्दा निकै कम लगानीकर्ताले मात्र मोक ट्रेडिङमा सहभागिता जनाइरहेका छन् ।

मोकमा देखिएको भद्रगोलको व्यवस्थापन नभइरहेको बेला नेपाल स्टक एक्सचेञ्जले भने अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयनका लागि तयार रहन ब्रोकरहरुलाई निर्देशन दिएको छ ।

सोमबार नेप्सेमा स्टक ब्रोकर अशोसिएसनका अधिकारी र नेप्सेका उच्चपदस्थ अधिकारीबीच अनलाइन कारोबार प्रणाली कार्यान्वयनको बिषयमा छलफल भएको थियो । सो क्रममा नेप्सेका अधिकारीहरुले नोभेम्बर १(कात्तिक १५)देखि अनलाइन कारोबार प्रणाली कार्यान्वयनका लागि तयार रहन निर्देशन दिएका हुन्।

 

‘नेप्सेले हामीलाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको कार्यान्वयनका लागि नोभेम्बर १ देखि तयार रहन भनेको छ ।’ छलफलमा सहभागी एक ब्रोकरले बिजशालासँग भने–‘हामीले मोक ट्रेडिङ नै व्यवस्थित नभइरहेको अवस्थामा पूर्ण अनलाइनको कार्यान्वयन सहज छैन भनेका छौं ।’

 

ब्रोकरहरुले मोक ट्रेडिङ अझै व्यवस्थित हुनुपर्ने, लगानीकर्ताहरुले मोक नै चलाउन नजानिरहेको अवस्थामा हतारोमा अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउँदा त्यसले समस्या हुने बताए पनि नेप्सेका अधिकारी भने नोभेम्बर १ बाटै अनलाइनको सुरुवात गर्ने बिषयमा दृढ देखिएका ती ब्रोकरले बताए ।

 

नेप्सेका अधिकारीहरुले दशैंअघि यूजर एसेप्टेन्स टेस्ट(यूएटी)को काम सकिने दाबी गरेका थिए । यूएटी नै सकिएपछि दशैं लगत्तै अनलाइन कारोबार प्रणालीमा जान सकिने भएको भन्दै अब यसमा ढिला गर्न नहुने नेप्सेका अधिकारीहरुले बताएका हुन् ।

 

CG Electronics
रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् स्वीकृति

रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन...

वि.सं.२०८२ मंसिर २० शनिवार १३:३९

  काठमाडौँ । सरकारले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई मकवानपुर जिल्लाको...

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

वि.सं.२०८२ मंसिर २० शनिवार १२:५४

  काठमाडौँ । सरकारले मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद्...

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार गर्दै मन्त्री खरेल

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४८

  पाटन,ललितपुर। योमरी पुन्हिको अवसरमा भीड भरिएको बंगलामुखी परिसरमा संघीय...

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४१

  काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त...

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:२१

  इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते...

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष बादल

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार २१:५०

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको...