गोयनका समूहद्वारा नुवाकोटका भूकम्पपीडितलाई सहयोग

Thursday Oct 04, 2018
वि.सं.२०७५ असोज १८ बिहीवार १३:२१
काठमाडौं – गोयनका समूहले नुवाकोटका डिलर र बिक्रेताहरुको सहकार्यमा जिल्लाका भूकम्पपीडितलाई राहत रकम प्रदान गरेको छ।
समूहले नुवाकोटमा बिक्री भएको फलामे छड र सिमेन्टको परिमाणलाई आधार मानेर त्यस क्षेत्रका भूकम्पपीडितलाई सहयोगार्थ नुवाकोट उद्योग वाणिज्य संघमार्फत गोयनका स्टिल्सले रकम प्रदान गरेको हो।
गोयनका प्रालिले ६ लाख ३० हजार २ सय ५८ रुपैयाँ र गोयनका सिमेन्ट प्रालिले २ लाख ८५ हजार ७ सय ७० रुपैयाँको चेक उद्योग वाणिज्य संघ नुवाकोटलाई हस्तान्तरण गरेको छ।
प्रालिका निर्देशक अजय गोयनकाले आफ्नो कम्पनीबाट उत्पादित गुणस्तरीय फलामे छड र सिमेन्टलाई सो क्षेत्रको विकास तथा पुनर्निर्माणमा प्रयोग गरी आमउपभोक्ताको वर्षौंसम्म लगानीलाई सुरक्षित गरेको बताएका छन्।
आफ्नो औद्योगिक समूहबाट भूकम्पपीडितलाई सामाजिक उत्तरदायित्व अन्तरगर्त सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन्।