Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

चम्किए चेली : यू-१८ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

Machhapuchchhre Bank Limited

 

काठमाडौं : साफ यू-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। भुटानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो।

नेपालको जितका लागि नेपाली गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्। उनको उत्कृष्ट प्रदर्शनमा पेनाल्टी सुटआउटमा भारत नेपालसँग ३-२ गोल अन्तरले पराजित भएको हो।

निर्धारित समय र थप भएको ३० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउमा भएको थियो।

नेपालको जितमा गोलरक्षक रानामगरले उत्कृष्ट बचाउ गरिन्। उनले भारतका दुई खेलाडीको प्रहार बचाएकी थिइन् भने भारतीय खेलाडीको एउटा प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। नेपालको एक प्रहार बाहिरिए पनि रेखा पौडेल र गोलरक्षक अञ्जनाले गोल गरे।

यसअघि खेलको सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले निर्धारित समयसम्म भारतसँग १–१ गोलको बराबरी खेल्नु परेको थियो। खेलको १५ औं मिनेटमा नेपालकी रश्मीकुमारी घिसिङले भारतीय गोलरक्षकको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिएन्। पहिलो गोल गरेपछि आक्रामक बनेको नेपालले पहिलो हाफमा भारतलाई निकै दबाबमा राखेको थियो।

दोस्रो हाफमा भारत आक्रामक बने पनि नेपालकी गोलरक्षकले उत्कृष्ट बचाउ गरिन्। खेलको ६२ औं मिनेटमा भारतकी टुडु जाबामनिले फ्रि किकमार्फत बराबरी गोल फर्काएकी थिइन्।

समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो भने बंगलादेशसँग २-१ ले पराजित भएको थियो। समूह चरण अन्तर्गत एक खेलमा जित र अर्को खेलमा हार ब्यहोर्दै नेपाल सेमिफाइनल पुगेको थियो। नेपालले भुटान र बंगलादेशबीचको विजेतासँग अाइतबार उपाधिकालाई प्रतिस्पर्धा गर्नेछ।

नेपाल-पाकिस्तान मैत्री टि-२० क्रिकेट प्रतियोगिता-२०२५ भव्यताका साथ सम्पन्न

नेपाल-पाकिस्तान मैत्री टि-२० क्रिकेट प्रतियोगिता-२०२५ भव्यताका साथ...

वि.सं.२०८१ फागुन ४ आइतवार २१:२२

काठमाडौं, १६ फेब्रुअरी २०२५ – नेपाल र पाकिस्तानबीचको खेलकुद सम्बन्धलाई...

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द इयर’ अवार्ड २०२५ प्रदान

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द...

वि.सं.२०८१ माघ २७ आइतवार २३:५१

  काठमाडौं । जेसीबी इक्यूपमेन्ट्स नेपालका आधिकारिक वितरक एमएडब्लू अर्थ...

भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न

भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग...

वि.सं.२०८१ माघ ९ बुधवार ०८:४२

  काठमाडौं । यही २०२५ को जनवरी २० मा भारतको...

रेमिट्यान्स राज्यको होइन व्यक्तिको आम्दानी हो : मन्त्री भण्डारी

रेमिट्यान्स राज्यको होइन व्यक्तिको आम्दानी हो :...

वि.सं.२०८१ माघ ८ मंगलवार १४:४९

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे दोस्रो कार्यकालको लागि शपथ ग्रहण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे दोस्रो कार्यकालको...

वि.सं.२०८१ माघ ८ मंगलवार ०८:३२

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालको लागि...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...