CG Electronics
IME Life
Ncell NPL

यो सरकार कर्कलाको पानी होइन, डाँठ समातेर हल्लाउँदा झर्ने–ओली

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं- प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले एमाले र माओवादी केन्द्रबीचको एकता भवितव्यको रुपमा नभएको बताएका छन् ।

पत्रकार शुभशंकर कडेलको पुस्तक अवतरणको लोकार्पणमा प्रधानमन्त्री ओलीले लामो समयको छलफल र बहसपछि एमाले र माओवादी मिलेको बताए ।

 

‘ यो त्यतिकै भएको होइन एउटा प्रकृया पुरा गरेर आएको छ यो भवितव्यको रुपमा भएको होइन’ ओलीले भने ।

ओलीले सुशासन र विकास आफ्नो लक्ष्य भएको भन्दै जनताले दिएको जिम्मेवारी पूरा गर्ने बताए । जाँदूगरले जस्तो जनतालाई अल्मल्याउने काम आफूहरुबाट नहुने ओलीको भनाई थियो । ‘हामी जादूगर होइनौं अलमल्याउन र भ्रममा पार्न, कहिले अण्डा कहिले चरा निकाल्ने खालको’ ओलीले भने । आफूहरु परिणाम निकाल्ने गरी काममा लागेको ओलीको दाबी छ ।

आफू भवितव्यको रुपमा सरकारको नेतृत्वमा नपुगको भन्दै ओलीले भने,‘ मैले यो सरकारको नेतृत्व गरिरहेको छु मलाई जनताले चुन्नु भएको छ म भवितव्यको रुपमा आएको होइन ।’

केहीले सरकार कमजोर छ भन्ने सोचेको प्रति ओलीले कटाक्ष गरे । ‘कसैकसैले मानौं यो सरकार कर्कलाको पानी हो कि जस्तो गर्छन् विड समातेर हल्लाइदियो त्यो पानी पात बाट झर्छ ।’ तर सरकार त्यति कमजोर छैन ।’ आफूहरुले विभिन्न आन्दोलन, युद्धको व्यवस्थापन कुशल रुपमा गरेकोले विकास पनि आफूहरुले नै गर्ने ओलीको भनाइ थियो ।

 

माधव नेपाल गुट बिच्किएपछि नेकपाको बैठक स्थगित

 

नेताहरुबीचको विवादको टुंगो नलागेपछि आइतवार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ ।

नेकपाका फरक फरक गुटका नेताहरुबीचको विवाद अहिले सतहमा आएको छ । विशेषगरी नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवादले अझै निकास लिएको छैन । वरिष्ठ नेता नेपालले पार्टी मुख्यालयमा आफ्नो असन्तुष्टि पत्र नै दर्ता गराएका छन् ।

 

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गराएको ‘असहमति पत्र’ र मातहतका कमिटी एकता प्रक्रियाको विषयमा छलफल हुने बताइएको थियो ।

 

गत असोज ५ गतेको सचिवालय बैठकका निर्णय विवादमा आएपछि यो बैठक बस्न लागेको थियो । वरिष्ठ नेता नेपालको असहमतिपछि दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको शुक्रबार भएको छलफलले सचिवालय बैठक बोलाउने निर्णय गरेको थियो ।

 

बैठकमा नेता नेपालको असहमति पत्र, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी पदाधिकारी तथा सदस्यबारे पूर्वनिर्धारित मापदण्डमा थप मापदण्ड बनाउने विषयमा छलफल गर्ने योजना थियो ।

 

वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेशमा रहँदा सचिवालय बैठकले प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । बैठकपछि प्रदेश पदाधिकारीलाई प्रदेश कमिटीले पूर्णता नपाएम्म गर्ने कामको निर्देशनसहित अध्यक्षद्वय ओली र दाहालले आठबुँदे निर्देशन समेटिएको विशेष पत्र पठाएका थिए ।

 

के हो नेपालको असहमति ? 

 

वरिष्ठ नेता नेपालले नेकपा सचिवालयको निर्णयमा तीब्र असन्तुष्टि जनाउँदै केन्द्रीय कार्याल धुम्बाराहीमा  असहमति पत्र दर्ता गराए थिए। उनले गत असोज १२ मै महासचिव विष्णु पौडेलमार्फत् लिखित अहसमति पत्र बुझाएका थिए ।

 

‘सचिवालय बैठकले प्रस्ताव ल्याउने, मापदण्ड बनाउने र उक्त मापदण्डका आधारमा कमिटीमा व्यक्तिको नाम प्रस्ताव गर्नुपर्थ्यो। तर, कुनै प्रक्रिया पूरा गरिएनन्। सचिवालय आफैंले बनाएको मापदण्डलाई समेत निर्णय प्रक्रियामा मानिएन । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमणपछि मात्र सहमतिका आधारमा निर्णय लिने भनिएकोमा विश्वास तोडेर जालझेलपूर्ण ढंगले निर्णय लिने काम गरियो, यो निर्णयबाट म स्तब्ध छु’, नेपालले महासचिव पौडेललाई बझुाएको असहमतिपत्रमा भनिएको छ ।

 

वरिष्ठ नेता नेपालले असहमतिमा दुई विषय उठाएका थिए । पार्टी विधानको धारा ३८ (ग) र साउन २५ मा बसेको सचिवालयले आफैंले बनाएको मापदण्ड मिचेर असोज ५ को सचिवालय बैठकले प्रदेश पदाधिकारी चयन गरेकोप्रति नेपालले तीब्र असहमति जनाएका छन् ।

 

विधानको उक्त धारामा पार्टी एकताका क्रममा सहमतिका आधारमा कमिटी निर्माण गरिने उल्लेख गरिएको थियो। गत साउन २५ गते बसेको सचिवालय बैठकले कार्यकारी भूमिकामा रहेका जनप्रतिनिधिलाई पार्टी कमिटीको कार्यकारी भूमिका नदिने मापदण्ड बनाएको थियो। तर नेता नेपाल विदेशमा रहेका बेला मुख्यमन्त्रीहरुलाई समेत पार्टीको कार्यकारी पदको जिम्मेवारी तोकेको थियो ।

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...