नेपाल सेवा लघुवित्तले ३१ लाख ५७ हजार रुपैयाँ नगद लाभांश दिने

Monday Oct 08, 2018
वि.सं.२०७५ असोज २२ सोमवार १३:५२
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ३१ लाख ५७ हजार ८९५ रुपैयाँ नगद लाभांश दिने भएको छ । संस्थाको हालै सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्षको नाफा ४१ लाख ०९ हजार रुपैयाँबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
साथै, बैठकले उक्त प्रस्तावित नगद लाभांशमा लाग्ने कर १ लाख ५७ हजार ८९५ रुपैयाँ गरी सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४९० रुपैयाँ रहेको छ ।