Global IME Bank Limited
Everest Bank
Nmb bank

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला हुँदै, ६० प्रतिशतसम्मको छुट

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

काठमाडौँ । काठमाडौंको मुख्य व्यापारीक केन्द्र पाको न्यूरोडमा रहेको ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ ।

 

मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुने दशैं मोबाइल मेला यहि २०७५ असोज २३ गतेदेखि ३१ गतेसम्म संचालन हुनेछ ।

दशैं मोबाइल मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ ।

ताम्राकार कम्प्लेक्सभित्र यस अवधिमा कुनैपनि मोबाइल खरिदमा ग्राहकहरुले एउटा इनर्जी ड्रिंक प्राप्त गर्नेछन् ।

दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड निशुल्क प्राप्त गर्नेछन् । निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृयाहरु ग्राहकहरुले पुरा गर्नुपर्ने हुन्छ ।

 

यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रबद्र्धनमा राखेको स्किमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्न सक्नेछन् ।

 

यस दशैं मोबाइल मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ ।
दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट रु. २०– संकलन गरेर मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराउने छ । उक्त रकम रवि लामिछानेलाई मेला सकिएपछि सार्वजनिकरुपमा हस्तान्तरण गरिनेछ ।
दशैं मोबाइल मेला ग्राहकहरुले फरक अनुभव र आफूले रोजेको मोबाइल सूपथ मूल्यमा किन्ने अवसर भएको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए ।
‘ताम्राकार कम्प्लेक्स मोबाइल खरिद बिक्रीका लागि मुख्य केन्द्र नै हो, हामीले ग्राहकहरुलाई दशैंको अवसर पारेर विभन्न अफरहरुका साथमा सुपथ मुल्यमा फोनहरु बिक्री गर्नेछौं,’ उहाँले भन्नुभयो ।
नेपालकै सबैभन्दा चर्चित ताम्राकार कम्प्लेक्समा भ्रमण गरि दशैं मोबाइल मेलाको अवसरमा मोबाइल खरिद गरि मौकाको फाईदा उठाउन हुन हार्दिक अनुरोध गर्दछौं ।

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छ’

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको...

वि.सं.२०८० फागुन २१ सोमवार १३:३७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४...

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

वि.सं.२०८० फागुन २१ सोमवार १२:३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ गठबन्धन बनेको सन्देश सुनाउन...

कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु : प्रधानमन्त्री दाहाल

कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको...

वि.सं.२०८० फागुन २१ सोमवार १२:२३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले...

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग पु¥याउनेलाई धन्यवाद व्यक्त

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग...

वि.सं.२०८० फागुन २१ सोमवार १२:१९

चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल...

रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई

रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई

वि.सं.२०८० फागुन २१ सोमवार १२:१५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निणर्य...

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा सहितको गठबन्धन सरकार बन्दै

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा सहितको गठबन्धन सरकार...

वि.सं.२०८० फागुन २१ सोमवार १२:०६

काठमाडौं । माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका...