Global IME Bank Limited
Everest Bank
Nmb bank

प्रधानमन्त्री ओलीले आफूलाई कसैले टेरेनन् भन्दै यसरी पोखे दुखोसो, कन्चनपुर घटनाको प्रतिवेदनप्रति निर्मलाको बुबा आमा असन्तुष्ट

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्।

देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँंदे सहमति कार्यान्वयनमा भएको छ।’

 

राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिए।

 

प्रधानमन्त्री ओलीले आग्रह गरे, ‘यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत हो। त्यसैले समर्थन फिर्ता लिने कुरै नगरौं।’

 

राजपाको माग दसैंसम्म पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्न नपाउँदै अध्यक्ष ठाकुरले ‘तपार्इंलाई छठसम्म समय भयो’ भन्दै आपसमा छक्याउने र झुक्याउने काम नगर्न आग्रह गरेको स्रोतले जानकारी दियो।

 

कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७४औं दिनमा सार्वजनिक प्रतिवेदनप्रति उनका बाबु आमाले असन्तुष्टि व्यक्त गरेका छन्।

 

‘हामीले घटनाको सबै अनुसन्धान भइ अपराधीका विषयमा प्रष्ट प्रतिवेदन आउँछ भन्ने सोचका थियौं’, निर्मलाका बुबा यज्ञराज पन्तले भने, ‘छानबिन समितिको प्रतिवेदनमा उल्लेख कुरा सबैलाई जानकारी नै भएका हुन्, हाम्रा लागि त्यो प्रतिवेदन न हर्स न विस्मात झै भएको छ।’

 

‘प्रहरीले प्रमाण नष्ट गरेर अपराधी लुकाउन खोजेको सबैले भन्दै आएको कुरा हो’, उनले भने, ‘ प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको किटान गरी उनीहरूलाई वर्खास्त गर्नुपर्ने भन्ने समेत लेख्न सकेको देखिदैन।’

 

‘छानबिन समितिको प्रतिवेदनले केही कुरा सार्वजनिक होला भनेर पर्खाइमा थियौं’, पन्तले भने। ‘अब झनै आशा गुम्यो।’

सरकारले शंकाको घेरामा रहेका मानिसलाई सुरक्षा दिएर न्याय माग्ने जनतालाई दुःख दिएको उनको आरोप छ।

 

‘अनुसन्धानका क्रममा लापरवाही गर्ने जो कोहीलाई कारबाही भएको हेर्ने मन छ’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘छानबिन समितिसहितका सबैले प्रष्ट रूपमै प्रहरीले लापरवाही गरेको र प्रमाण नष्ट गरेको प्रतिवेदन बुझाइ सकेपछि पनि किन उनीहरूमाथि कारबाही भएको छैन।’

 

एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई हत्याराका बारे सबै कुरा थाहा हुन सक्ने भन्दै सरकारले अझै पनि न्याय दिन चाहे गहन अनुसन्धान गर्नुपर्ने बताइन्। ‘छोरीका हत्यारा पक्राउ गरी न्याय देउ भन्दाभन्दा म थाकिकसें’ उनले भनिन्, ‘प्रतिवेदनबाट समेत अपराधीका विषयमा प्रष्ट आउला भन्ने सोंचेको थिए, उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनपछि झनै न्यायको आश मर्‍यो।’

 

छानबिन समितिको प्रतिवेदनले नौलो विषय नसमेटिको कञ्चनपुरवासीको भनाइ छ। ‘हामीले जे कुरा उठाउँदै आएका छौं, त्यही उल्लेख गरी प्रतिवेदन बनाइएको छ’, दबाबमूलक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले भनिन्, ‘छानबिन समितिले नै अनुसन्धानमा प्रहरीको चरम लापरबाही, प्रमाण नष्ट गरेकोलगायतका कुरा बुझाइ सकेपछि किन उनीहरूलाई दोषी सरह कारबाही नगरेको ? ’

 

नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारी पनि उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा सन्तुष्ट देखिएकी छैनन। न्यायका लागि सडकबाट आन्दोलन गरिरहेका मानिसले जे कुरा भनिरहेका छन, त्यो बाहेक घटनाको वास्तविकता प्रतिवेदनमा नसमेटिएको उनको भनाइ छ।

 

साउन १० मा साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो।

 

घटनाको छानबिन गर्न दबाब बढेपछि सरकारले भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो।

प्रधानमन्त्री ओलीले तत्कालै भने, ‘मधेसको माग पूरा गर्ने काम यथाशीघ्र अघि बढाउन सकिनँ। परिस्थितिले मलाई साथ दिएन। अब म यो काम गरेरै छाड्नेछु।’

 

नेपाल र नेपालीको काममा किन कसैले सहयोग गर्दैन आफू आश्चर्यमा परेको भन्दै उनले आगामी दिनमा फेरि तीनबुँंदे कार्यान्वयन नभएको गुनासो तपाईंहरूबाट आउनदिने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पार्टी एकतापछिका समस्याले पनि आफूले काम गर्ने पर्याप्त समय नपाउँदा तिहारसम्म संविधान संशोधन गरिसक्ने उनले बताए।

 

प्रधानमन्त्रीसँग राति ७ बजेदेखि ९ बजेसम्म भएको वार्तामा अध्यक्ष ठाकुरसहित अध्यक्षमण्डलका नेता महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा सहभागी थिए।

 

अध्यक्षमण्डलका नेता झाले वार्ताबारे भने, ‘प्रधानमन्त्रीले राजपाको माग दसैंसम्म पूरा गर्ने वचन दिएकोमा हामीहरूले दसैं होइन, छठसम्मको समय दियौं।’ प्रधानमन्त्रीसँग सकारात्मक वार्ता भए पनि ७ महिनादेखि यस्तै वार्ताले निरन्तरता पाएकोमा राजपा दुःखित भएको उनले बताए।

 

राजपाले प्रधानमन्त्रीसमक्ष सरकारलाई दिएको समर्थन आगामी छठपछि कुनै पनि समय फिर्ता लिनसक्ने चेतावनी दिएको छ। राजपाले प्रधानमन्त्रीसँग भन्यो, ‘प्रधानमन्त्रीको निर्वाचनका बेला तपाईंले गर्नु भएको तीनबुँंदे सहमति कार्यान्वयन गर्न सक्नु भएन।

 

त्यतिमात्र होइन, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामा मात्र सरकारलाई सीमित गराउँदै तपार्इंले सिंगो देशले दुई तिहाइको सरकारसँग गरेको अपेक्षासमेत शून्यमा परिणत गर्नु भयो।’

 

राजपाले कैलाली क्षेत्र १ का सांसद रेशम चौधरीको शपथ, मधेस आन्दोलनकारीविरुद्धका झूटा मुद्दा फिर्ता, बन्दी रिहाइलगायत राजनीतिक र जनजीवनसँग जोडिएका मुद्दाका साथै संविधान संशोधनलाई गम्भीरतापूर्वक नलिएको आरोप सरकारमाथि लगाएको छ।

 

तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाए राजपा समर्थन फिर्ता लिन बाध्य हुने चेतावनी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा दिइएको छ। ज्ञापनपत्रमा ‘एक पटक फेरि यो देश संघर्ष र आन्दोलनको बाटोमा धकेलिन बाध्य नहोस्, त्यस्तो भए त्यसको सम्पूर्ण जिम्मेवार ओली सरकार नै हुनेछ।’

 

राजपाले स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाउँदा पक्राउ गरी प्रहरी हिरासतमा राममनोहर यादवको हत्या गरिएको, एसिड प्रहारबाट घाइते र उपचार खर्च अभावमा सम्झना दासजस्ता पीडितको मृत्यु भएको, निर्मला पन्तजस्ता देशका दर्जनौं चेलीहरूका बलात्कारी र हत्यारा पक्राउ गर्न नसकेको आरोप लगाएको छ।

 

यसैगरी कूटनीतिक क्षेत्रमा पूर्ण असफल भएको, सिन्डिकेट हटाउनुको साटो सिन्डिकेटवालाहरूको नियन्त्रणमा रहेको भन्दै राजपाले आपत्ति जनाएको छ।

 

प्रदेश सरकारलाई सामथ्र्यवान एवं सञ्चालनमा संघीय सरकारले सहयोग नगरेको आरोप पनि राजपाले सरकारमाथि लगाएको छ। दुई तिहाइ बहुमतप्राप्त सरकारको राज्य सञ्चालनले नेपाली हतास, निराश, आतंकित र सशंकित भएकोमा सरकारप्रति राजपाले खेद व्यक्त गरेको छ।

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छ’

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको...

वि.सं.२०८० फागुन २१ सोमवार १३:३७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४...

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

वि.सं.२०८० फागुन २१ सोमवार १२:३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ गठबन्धन बनेको सन्देश सुनाउन...

कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु : प्रधानमन्त्री दाहाल

कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको...

वि.सं.२०८० फागुन २१ सोमवार १२:२३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले...

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग पु¥याउनेलाई धन्यवाद व्यक्त

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग...

वि.सं.२०८० फागुन २१ सोमवार १२:१९

चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल...

रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई

रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई

वि.सं.२०८० फागुन २१ सोमवार १२:१५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निणर्य...

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा सहितको गठबन्धन सरकार बन्दै

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा सहितको गठबन्धन सरकार...

वि.सं.२०८० फागुन २१ सोमवार १२:०६

काठमाडौं । माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका...