एभरेष्ट बैंकमा पैसा जम्मा गर्ने क्रममा ३० हजार चोरी
Monday Oct 15, 2018
वि.सं.२०७५ असोज २९ सोमवार १२:२८
बुटवलको बिपी चोकमा रहेको एभरेष्ट बैंकमा पैसा जम्मा गर्ने क्रममा ३० हजार चोरी भएको छ । दीपक गौतमले काठमाडौंमा रहेकी सालीको खातामा पठाउन लगेको पैसा चोरिएको हो ।
घटना साढे २ बजेको भए पनि प्रहरीले थाहा पाएपछि साढे ३ बजेमात्रै बैंकमा पुगेको छ ।
भौचर भरेर काउन्टरमा पुगेर डिपोजिट गर्न पैसा दिन खोज्दा पैसा नभेटिएपछि केहीबेर बैंकमा तनाव भएको थियो ।
बागेश्वरी मेडिसिन डिस्ट्रव्युटर ज्योति पथमा काम गर्ने दीपकले आफूले भौचर भर्ने बेलामा छेउमा भएको ब्याक्तिले पैसा लिएर भागेको आशंका गरे ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले रकम जम्मा गर्ने व्यक्तिकै लापरवाहीका कारण रकम चोरी भएको बताए ।
रकम चोरी गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको मल्लले बताए । यसअघि दुई महिनाअघि पनि सो बैंकमा रकम जम्मा गर्न गएका एक जनाको २ लाख २३ हजार रुपैयाँ चोरी भएको थियो ।