Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एसपी विष्टको बर्खास्तको तयारी

Machhapuchchhre Bank Limited

 

कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि प्रहरी अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालिन एसपी डिल्लीराज विष्टलाई सेवा बाट बर्खास्त गर्नका लागि आवश्यक पहल थालेको छ।

 

आइजिपी सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापरवाही गर्ने एक जना प्रहरीलाई बर्खास्तका लागि गृह मन्त्रालयमा पत्र पठाएका छन् ।

प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुन्छ।

‘आइजिपी सर्वेन्द्र खनालले विष्टलाई बर्खास्तै गर्न गृहमा पत्र पठाउनुभएको छ,’ गृह मन्त्रालयका एक उच्च  भने, ‘सम्भवत सार्वजनिक विदा खुलेकै दिन निर्णय हुन्छ।’

प्रहरी प्रधान कार्यालयले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा बनाएको अनुसन्धान टोलीले विष्टसहित अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरवाही गरेको प्रतिवेदन पेश गरेको थियो ।

सरकारद्धारा गठित छानबिन समितिले पनि अनुसन्धानमा प्रहरी भुमिका सन्तोषजनक नरहेको भन्दै खोट देखाएको थियो।

विष्टमाथि घटनामा प्रमाण नष्ट गरेको आरोप छ । उनी अहिले निलम्वनमा परेका छन्। आइजिपी खनाल कंचनपुर पुगेर घटनास्थलको अवलोकन र स्थानीयसँग छलफल गरेका थिए।

निर्मलाका आमाबाबु पनि काठमाडौं आएर छोरीको हत्यारा खोजिदिन खनालसँग आग्रह गरेका थिए। गत साउन १० गते घरबाट साथीको घर हिँडेकी निर्मलाको शव ११ गते उखुवारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा भेटिएको थियो।

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु...

वि.सं.२०८२ वैशाख ८ सोमवार १७:२९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र...

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना...

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:२८

  जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका...

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:१३

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै...

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:०२

  काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२÷०८३ को...

आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तकमा अद्यावधिक तथ्यांक

आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तकमा अद्यावधिक...

वि.सं.२०८२ वैशाख ७ आइतवार १७:०६

  काठमाडौं । प्रमुख आर्थिक सूचकको प्रयोग विधि र दिगो...