NTC
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank

कृष्णनगरमा निषेधाज्ञा, कडा सुरक्षाका साथ मूर्ति विसर्जन

मिडिया स्पेस सोलुसन्स प्रालि

कपिलवस्तु  । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले आइतबारदेखि निषेधाज्ञा लगाएको छ ।

शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा लगाइएको हो ।

तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए ।

तीन दिनसम्म पटक–पटकको छलफल र संवादपछि पनि तनाव साम्य नभएपछि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु जारी गरिएको हो ।

कृष्णनगर बजारमा समूह बनाएर हिँडडुल गर्न, जम्मा हुन, शान्ति सुरक्षालाई खलल हुने कुनै पनि कार्य गरे स्थानीय प्रशासन ऐनअनुसार कार्वाही गरिने प्रजिअ पोख्रेलको भनाइ छ ।

विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताउँछन् ।

शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उनको भनाइ छ । घटनाको अधिकारकर्मीले अनुगमन गरेका छन् ।

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...