nic bank
himalayan everesat
Nmb bank

काठमाडौंमा पाकेटमारी गर्ने गिरोहका पाँच भारतीय महिला यसरी परे प्रहरीको फन्दामा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौ माघ १८ । काठमाडौंमा पाकेटमारी गरिएको रकमसहित पाँच भारतीय महिला पक्राउ परेका छन्।

सार्वजनिक सवारीसाधनमा चढेका बेला पाकेटमारी गरेको ५० हजार रुपैयाँसहित महानगरीय प्रहरी वृत्त (महाराजगन्ज) को टोलीले भारत घर भएका पाँच महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत गोरखपुर स्थायी घर भई हाल काठमाडौं-२६ गोगंबु बस्ने ३० वर्षीया प्रिती चमार चौधरी, सोही ठेगाना भई गोंगबु नै बस्ने वर्ष ३० कै नितु चमार, २० वर्षीया पूजा चमार, २५ वर्षीया पिंकी चमार र ५० वर्षीया सोनी चमार छन्।

प्रहरीका अनुसार बिहीबार दिउँसो कान्तिपुर यातायातमा बसुन्धराबाट नारायण गोपालचोक आउने क्रममा सुस्मिता कुँवरको रकम उनीहरूले पाकेटमारी गरेका थिए।

म्यानपावरमा पैसा जम्मा गर्न जाँदै गरेकी कुँवरको झोलामा रहेको ५२ हजार रुपैयाँ हराएपछि पाकेटमारी भएको पत्ता लागेको थियो।

पैसा लिएर गाडीबाट झरेका ती पाँच भारतीय महिलालाई पीडितको उजुरीपछि पक्राउ गर्न प्रहरी सफल भएको हो।

यसरी गरिएको थियो पाकेटमारी
बिहीबार दिउँसो २ बजेतिर सुस्मिता कुँवर काठमाडौंको बसुन्धराबाट नारायणगोपाल चोक आउने कान्तिपुर यातायात चढिन्। गाडीमा ठेलमठेल थियो। मधेशी मूलका महिलाकाे समूहले कुँवरलाई निकै ठेल्ने-धकेल्ने गर्न थाल्याे।

चक्रपथ आइपुगेपछि कुँवर गाडीबाट झरिन्। जब उनले झोलाबाट मोबाइल फोन झिक्न खोजिन् तब झोला खुलै पाइन्। न मोबाइल थियो न ५२ हजार रुपैयाँ । त्यसपछि मात्र उनले चाल पाइन् कि ती महिलाहरूले उनलाई अनावश्यक धकेलाधकेल किन गरेका थिए।

उनले यति थाहा पाउँदा गाडी अगाडि बढिसकेको थियो। तैपनि दौडँदै गाडी रोक्न इशारा गरिन् तर रोकिएन। त्यसपछि उनले नजिकै रहेको महानरीय प्रहरी वृत्त (महाराजगन्ज)काे सीआरभी टोलीलाई खबर गरिन्।

त्यसपछि परिचालित प्रहरी टोलीले भर्खरै कान्तिपुर यातायातको गाडीबाट झरेका महिलाहरू अमेरिकन राजदूतावास नजिकै रहेको खाजा घरमा नास्ता खाइरहेको पत्ता लगायो। ती महिलाहरूको शरीर खानतलासी गर्ने क्रममा प्रहरीले ५२ हजारमध्ये ५० हजार बरामद गरेको हो।

उनीहरुले साथमा सानो बच्चा बाेक्ने र बच्चालाई रुवाउने ठेल्ने-धकेल्ने गरी सवारीसाधनमा सवार व्यक्तिको पाकेटमारी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

अभियुक्तहरुलाई सोधपुछ तथा अनुसन्धान भइरहेको छ। चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...