मुख्य खबर

नेपाल बैंकले सातै प्रदेशको कोरोना रोकथाम कोषलाई पाँच/पाँच लाख दिने

  • Avatar
    Aarthik

    २०७६ चैत्र १८ गते, मंगलवार १८:२३ मा प्रकाशित

७६काठमाडौं,१८चैत:नेपाल बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सरकारहरुले स्थापना गरेका कोषहरुमा पाँच पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बैंकका अध्यक्ष बासुदेव अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सबै प्रदेशलाई पाँच पाँच लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए ।

बैंकले यस अघि नै संघीय सरकारको स्थापना गरेको कोरोना कोषमा एक करोड रुपैयाँ दिई सकेको छ । संघ र प्रदेशलाई गरि बैंकले एक करोड ३५ लाख रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपलब्ध गराएको छ ।

नेपाल बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाममा प्रदेश सरकारसँग हातेमालो गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक प्रदेशलाई रू ५/५ लाखका दरले सहयोग गर्ने निर्णय गरेको छ ।

http://noc.org.np/