मुख्य खबर

मनहरी गाउँपालिका वडा .न. २ च्यापलमा खाद्यान्न सामग्री बितरण

  • Avatar
    Aarthik

    २०७७ बैशाख २ गते, मंगलवार ०९:१८ मा प्रकाशित

७७ च्यापल २,वैशाख:मनहरी गाउँपालिका वडा .न. २ च्यापलमा तीन सय हरहरीलाई चामल ६ के.जि, दाल १ के.जि,साबुन एउटा, आधा लिटरको तेल, नून १ के.जि,को फेमिली प्याकको राहत सामग्री बितरण गरेको छ ।

उपरोक्त वडामा बसोबास गर्ने दैनिक ज्याला मजदुर गरेर आफ्नो गुजार गर्ने गरिव, असहाय , अपाङग र अति विपन्न परिवालाई राहत वितरण गरेको छ ।

उक्त खाद्य समाग्री बितरणमा बितरण गरिएको वडाका वडा अध्यक्षहरुको पनि उपस्थिती रहेको थियो । कोरोना महामारीले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस् भन्ने हिसाबमा खास गरी दैनिक ज्यालादारी गरी जिबन गुजारा गर्ने, असहाय, गरीब परिवार हरुलाई वडा कार्यालयले पहिचान गरेका तथा समान्वयमा खाद्य समाग्री बितरण गरिएको कुरा स्थानियले आर्थिक प्लसलाई बताउनु भयो ।

http://noc.org.np/