nic bank
himalayan everesat
Nmb bank

मर्चवारमा गाउँमै तरकारी बिक्रीको व्यवस्था

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

७७लुम्बिनी, ५ वैशाख (रासस) : रुपन्देहीको समरीमाई ६ का किसान कपिल केवटलाई कोभिड –१९ भन्दा तरकारी बिक्री नभएको चिन्ताले धेरै दिन तर्सायो । सब्जी बिक्री नभएकै कारण कहिले वडा त कहिले गाउँपालिकामा समस्या लिएर दौडधुप गरिरहनुभएका केवट दुई दिनदेखि भने ढुक्क हुनुभएको छ ।

कृषक केवटको खेतबारीमा बिक्रीका लागि तयार भएका सबै तरकारी सोमबारदेखि गाउँपालिकाले मन्जरिया तरकारी संकलन केन्द्रमा ल्याउन सबै किसानलाई आग्रह गरेको छ । यससँगै किसानले राहत महसुस गरेका छन् । लकडाउनका कारण बिक्री नभएको तरकारी गाउँपालिकाले उचित मूल्यमा खरीदबिक्री गर्ने प्रबन्ध मिलाएपछि किसानलाई राहत भएको हो ।

केवटले भन्नुभयो ‘‘हामी किसानलाई दुईचार किलो चामल, तेल, दाल दिनुभन्दा हामीले उत्पादन गरेको तरकारी समयमै उचित मूल्यमा बिक्री भए हुन्छ । दुई हप्ता समस्या नै भयो । अब समस्या हुँदैन होला ।”

गाउँपालिकाले किसानको तरकारी बिक्री गर्ने व्यवस्था मिलाएपछि केवट झैँ स्थानीयवासी कृषक शेषनाथ यादव पनि खुशी हुनु भएको छ । उहांँको आम्दानीको मुख्य स्रोत नै तरकारी उत्पादन हो । यतिबेला उत्पादन भइसकेको तरकारी बिक्री नहुँदा चिन्तित कृषक यादवको तरकारी बिक्री हुन थालेपछि चिन्ता हराएको छ । उहाँंले भन्नुभयो, “अब यही संकलन केन्द्रबाट बिक्री हुन थालेको छ । केही दिन चिन्ता भयो । अब चाहिँ खुशी लागेको छ ।”

गाउँपालिका अध्यक्ष जितेन्द्र शुक्लाले तरकारी किसानको समस्या बुझेपछि गाउँमा बिक्रीको व्यवस्था गरिएको बताउनुभयो । उहाँंले भन्नुभयो, “सबै किसानले मन्जरिय तरकारी संकलन केन्द्रमा तरकारी ल्याउनुपर्छ, चलेको मूल्यमा उहांँहरूको सबै तरकारी बिक्री हुन्छ ।”

मर्चवार क्षेत्रका किसानको उत्पादनको मुख्य बजार नै बुटवल र भैरहवा हुन् । लकडाउनका कारण हिँडडुल गर्न नपाउँदा र मुख्य बजारका तरकारी खरीद केन्द्र बन्द भएकाले किसानको उत्पादन बिक्री रोकिएको हो । गाउँपालिका अध्यक्ष शुक्लाले पहिले सामान्य अवस्थामा जस्तो भैरहवा र बुटवलका व्यापारी किसानका उत्पादन खरीद गर्न आउन नसक्ने र किसान पनि बिक्री गर्न जान नसक्ने अवस्था आएपछि गाउँपालिकाले गाउँमै बिक्रीको व्यवस्थापन गरेको बताउनुहुन्छं । गाउँपालिकाले प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलसँंगको छलफलपछि किसानलाई आफ्ना उत्पादनको बिक्री गर्न र तयार भएको गहुंँ स्याहार्न सामाजिक दूरी कायम गरेर गर्न आग्रहसमेत गरेको छ ।

मुख्यमन्त्री पोखरेलले किसानलाई बाली स्याहार्ने काममा पालिकाले सुरक्षा सतर्कतासहित सहयोग गर्न निर्देशन दिनुभएको छ ।
–––

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेभसाइटलाई प्रतिबन्द

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५०...

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:३६

  तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री...

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

वि.सं.२०८० चैत २८ बुधवार १६:३०

  हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको...

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० औं शिखर सम्मेलन गर्दै

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० औं शिखर...

वि.सं.२०८० चैत २६ सोमवार १४:३३

  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष...

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

वि.सं.२०८० चैत २५ आइतवार ०८:५५

  काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक...

कृषिमै आत्मनिर्भर हुनेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्छ : मन्त्री साह

कृषिमै आत्मनिर्भर हुनेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्छ...

वि.सं.२०८० चैत १२ सोमवार १७:३८

  काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि...

व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता : स्वास्थ्य मन्त्री यादव

व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता...

वि.सं.२०८० चैत ९ शुक्रवार १६:११

  काठमाडौं । सामान्य अभ्यास र आपतकालीन चिकित्सा अन्तर्राष्ट्रिय सम्मेलन...