मुख्य खबर

अँगालो हाल्छ ,पसिनाको भेलले

  • वैरागी जेठा संवाददाता

    २०७७ जेष्ठ ३ गते, शनिबार २०:१३ मा प्रकाशित

काठमाडौं:अनगिन्ती सपनाका माला उन्दै हजारौँ विचारहरु सिउँदै फाटेको यात्रामा म दलीत हूँ !

दूरदर्शक आँखाहरुले कैल्यै चिनेर पढेन मेरा पूर्खाहरुलाई ।

आफूले आफूलाई वर्गमा विभाजीत गरेर नदीझैँ युग बगिरह्यो मेरो पुर्खा रित्याउैदै चेतनाका रेल गुडिरहे म जन्मिदै ,वर्ग विभाजन भएको हो कुनै कसैले निमार्ण गरिएको हैन मेरा वर्गको ब्रम्हाण्ड एउटा बाहुन हो ।

प्रकृतिको शासनले वर्ग र्सिर्जीत भएको सुन्दर दलीत म !

बुझ्दै छु ,दलीतको अर्थ अनुसन्धानमा खटिएको छु एउटा पोखरीमा ।

उसले हेपेर भन्दै गयो सधैँभरी घृणाको स्वरमा दलीत वर्गमा झुण्डाइदियो मेरा पुर्खाहरुले सहँदै गए शाकहरुले निमार्ण गरेको एक दलीत म ।

वर्ग सिर्जना गराएर खण्डित गर्दै , आ आफना शैलिका परिभाषहारुले दलीत घोषणा गरे डरलाग्दो विभेदका पहाडहरु उभ्याइए म कुनै दलीत हैन किन भने आफूले आफूलाई हेप्न सक्दिन उनीहरुले दलीत भनिरहे मेरो पुर्खा र मैले सहिरह्यौँ म शब्दको परिभाषा खोज्दै टाकुरा चढिरहे छु दलीत किन भएँ ।

मेरा वर्गका गाना बजिरहँदा यस शहरमा सुन्दर दलीत भएको छु समाज अध्ययन गरिहँदा मेरा मालिकहरुले बनाएका रहेछन् मलाई दलीत ।

दलीत हुन पाएको मा निै गौरव छ दुःख विछ्याएर, आँसुमा काँटी ठोकी रहेछु गाउँ शहरका बजारमा ।

आफूले आफूलाई बुझ्न नसकेर म दलीत बनेको छु ।

दूर गाउँबाट झरिरहेका चिरविरे दाइका कथाहरुसँगै मेल खान्छ मेरा जीवनहरु विचारको दलीत साँस्कृतिक दलीत चेतनाकोदलीत व्यवहारको दलीत मलाई लाग्छ मदलीत हुँदै होइन प्रश्नहरु शैलुड.झैँ उठ्छन् ।
मन टालेर आड.्ग छोपिरहेछु काम नपाएकाहरु समाज सास्त्री भएकाछन् घरको साँचो बुझाएर , मालिक बन्नेहरु म ,हाम्रो वर्गलाई दलीत बनाएर वायुमण्डलझैँ फैलिरहेछन् हाम्रै वंशजको पसिना पिएर कामरेडका लागि सलामी गर्दै म दलीत भएको छु जीवनको वाउन्नौ सिँढीमा आजकल दलीत शब्दले मलाई घोचिरहेछ , चिमोटी रहेछ मेरो चेहरालाई गाली गरीरहेछ कोरनाको महामारीलाई नीच मारेर मेरो वर्ग हिजो जहाँ थियो त्यहीँ छ नयाँ समाजको आँगनमा म दलीत ,भएर उभिएको छु ।

 

http://noc.org.np/