nic bank
himalayan everesat
Nmb bank

बर्षा राउत, राष्ट्रियताको विपक्षमा बोल्ने तिम्रो हैसियत के ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

कुनै पनि देशको नागरिक राष्ट्रियताको पक्षमा बोल्नुपर्दा अठोट र दृढ संकल्पका साथ राष्ट्रियतालाई शिरमा राखेर बोल्नु पर्ने हुन्छ । पछिल्लो समय भारतलाई आफ्नो कर्म क्षेत्र बनाईरहेकी मनिषा कोईरालाले पनि त्यहि गरिन् । भारतमै रहेर उनले नेपालको लिपुलेक र आफ्नो देशका पक्षमा खुलेर बोलिन् ।

सम्पूर्ण भारतीय मिडिया र भारत उनको पछि लाग्दा उनी कत्तिपनि डराईनन् । किनकी सम्पूर्ण नेपाली उनको पक्षमा उभिएका छन् । तर, यतिखेर प्रसंग अर्कै छ, नायिका बर्षा राउत ठिक उल्टो निस्किएकी छन् । पछिल्लो समय नेपाली फिल्ममा राम्रै सफलता पाईरहेकी उनलाई एकासी भुत प्रेत चढेको (अन्धविश्वासको भाषामा) जस्तै असमान्य तरिकाले अभिव्यक्ति दिन थालेकी छन् ।

अर्थात उनले आफ्नै देश नेपालको राष्ट्रियताको विपरित गएर बेतुकको अभिव्यक्ति दिएकी छन् । सेलेब्रेटी वा सामाजिक भईसकेका जिम्मेवार व्यक्ति वा कुनै पदमा रहेका व्यक्तिले राष्ट्रिययताको पक्षमा बोल्दा धेरै सोच बिचार गरेर बोल्नुपर्ने हुन्छ । तर, बर्षाको यतिखेरको अभिव्यक्ति सुन्दा लाग्छ उनलाई नेपालको लिपुलेकको विषय उनको झोलाबाट एउटा लिपिष्टीक हराएको जस्तो मात्र भएको छ । उनको अभिव्यक्ति अनुसार उनलाई नेपालको माया हैन इन्डियन फ्रेण्डको माया बढि लागेको बुझ्न सकिन्छ ।

मानौं की उनले भारतीय सुपरस्टार सलमान खानसँग सधै डेट गर्ने गरेकी छन् । भारतीय मिडियाले मनिषा कोईरालाई गालि गलौंज गरिरहँदा त्यस विषयमा बोलेका नेपाली मिडियाले गर्दा उनले सलमान खानसँग कुरा गर्न नपाएको जस्तो अनावश्यक बेतुकको अभिव्यक्ति दिएकी छिन् । उनी खुलेआम भारत र ईण्डियन फ्रेण्डको पक्षमा उभिएकी छन् ।

उनले एक अन्तर्वातामा भनेकी छन्, भारतका मिडिया र नेपालका मिडियाले गर्दा भारतको फ्रेण्डसँग फेस गर्न गाह्रो भो । लिपुलेकको विषय त टेबल टक गरेर पो मिलाउने हो यसरी झगडा गरेर/गराएर हुन्छ । बर्षा राउत यहाँ देशको प्रतिष्ठा र माटोको सवाल छ ।

लिपुलेक तिम्रो ब्याग बाट हराएको लिपिष्टिक हैन, सामान्य तरिकाले लिनलाई । यहाँ देशको चिन्ता छ, तिमीलाई राम्रैसँग थाहा हुनुपर्छ । भारतीय नायक रितिक रोशनले नेपालको वारेमा गलत प्रतिक्रिया दिदाँ नेपालमा उनको पोष्टर जलाईयो । नेपालमा भएका रहेका भारतीयमाथी अभद्र व्यवहार भयो ।

उनको तस्वीरमा जुत्ताको माला लगाईयो । के तिमी अब यसका लागि तयार छौं ? हैन भने यो अभिव्यक्ति दिनुभन्दा अगाडी तिमीले किन सोच्न सकिनौं की तिमी नेपाली हौं । सलमान तिम्रो साथी भएपनि यतिखेर त्यो महत्व हुदैन । बर्षा जी आखिर हैसियत जति छ त्यति नै बोल्ने हो सबैले ।

त्यति नै सोच्ने हो सबैले । यहि भन्न थालेका छन् दर्शकले । दर्शकले लिपुलेक देऊ बरु बर्षा राउत लैजाऊ भन्न थालेका छन् । दे छोड् भन्न थालेका छन् । जुत्ताको माला लगाउन पर्छ भन्न थालेका छन् । के बर्षाले यस विषयमा पनि अभिव्यक्ति दिन सक्नेछिन् त ? के दर्शकको कुरा मान्न तयार छिन् ? त्यो भने कुर्नै पर्ला ।

तस्वीर : आर्टिष्ट खबर र सामाजिक सञ्जालबाट

यो पनि पढ्नुहोस् :
नेपालका सांसद भारतको पक्षमा, भारतमा नायिका मनिषा नेपालको मायामा

फिल्मी फण्डा । यतिखेर लिपुलेक विवाद चरण उत्कर्षमा पुगेको छ । केही समय अघि भारतले एकतर्फि रुपमा लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रलाई समेटेर नक्शा जारी गरेको थियो । लगतै नेपालमा त्यसको विरुद्ध आवाजहरु उठ्न थाल्यो । सडकेदखि सदनसम्म आवाज उठेपछि दुबै देशको आपसी सहमतिमा विवाद मिलाउने कुरा निष्कर्षमा पुग्यो ।

त्यहि बीचमा कोरोना भाइरसका कारण मुलुक लकडाउनमा छ । लकडाउनकै बीचमा पुनः भारतले नेपाली भुमि अतिक्रमन गर्दै मानसरोवर जाने बाटो निर्माण गरेपछि लकडाउनको बेला पनि नेकपा निकट विद्यार्थीहरु कोठमाडौंस्थित भारतीय राजदुतावास अगाडी भुमि फिर्ताको माग सहित नारा जुलुसमा निस्किए । नेपालको सदन र संसदमा यसले प्रवेश पायो ।

नेकपाको सरकालाई यहि विषय चूनौती बन्न थालेको थियो । लगतै नेकपाले सचिवालय बैठकबाट बर्षे अधिवेशनमा नीति तथा कार्यक्रममा लिपुलेक क्षेत्रको जमिन सहितको नक्शा तत्काल सार्वजनिक गर्ने निर्णय गर्यो । तर यहि बीचमा सदनमा केही साँसदहरु भारतको पक्षमा उभियो ।

भारतलाई नसोधी नक्शा सार्वजनिक गर्न नहुने धारणा समेत संसदमा राख्ने सामर्थ्य निकाले केही सांसदले । यतिमात्र हैन, हिन्दीमा बोल्दै भारतसँग वार्ता नगरी, नसोधी नक्शा सार्वजनिक गर्दा चूनौती थपिने घोषणा समेत गरिन् सांसद सरिता गिरीले ।

अधिकांश मधशी नेताहरुले यस विषयमा बोली फुटाउन सकेन । सरकारले जब नक्शा जारी गर्यो तब भारतीय मिडिया यसको प्रतिवादमा लागिपर्यो । चीनसँगको सहकार्यमा नेपालले नक्शा जारी गरेको आरोप लगायो । यस्तो अवस्थामा आफ्नै देशका केही संसदहरु भारतको पक्षमा उभिए ।

नेपाली चेली तथा बलिउडकी सुपरस्टार मनिषा कोईरालालाई भन्ने भारतमा रहँदा पनि नेपालको असिम माया रहेको धारण बाहिर आयो । नेपालको मन्त्रीले गरेको ट्वीटमा आफ्नो रिट्वीट गर्दै उनले लिपुलेक नेपाल नै भएको धारण राखिन् ।

उनको आफ्नो देशप्रतिको माया सहितको धारणा राख्दा उनीविरुद्ध भारतीय मिडिया खनिएका छन् । नेपालको नयाँ नक्साबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा टिप्पणी गरेका आधारमा भारतीय टिभी एबीपी न्युज सहित अन्य सञ्चारमाध्यमले तुच्छ गालीगलौज समेत मनिषालाई गरेका छन् ।

ज्ञवालीको सोही ट्विटमा प्रतिक्रिया लेख्दै मनिषाले सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेकी थिइन् । उनले तीनवटै देश मिलेर अहिलेको समस्या समाधान गर्नुपर्ने जनाएकी थिइन् । अहिले मनिषाको त्यही स्टाटसलाई आधार बनाएर भारतीय मिडियाले ‘खाते भारतका और गाते चीनका’ भन्दै मनिषालाई तुच्छ गालीगलौज गरिरहेका छन् ।

नेपालमा ‘फेरि भेटौंला’ चलचित्र खेलेर बलिउड प्रवेश गरेकी मनिषाले मुम्बईलाई आफ्नो कर्मभूमि बनाएकी थिइन् । तर, राष्ट्रियता भने उनको नेपाली नै हो । मनिषा बीपी कोइरालाकी नातिनी हुन् ।

उनको एउटा ट्विटले अहिले भारतमा हंगामा मच्चिएको छ । आफ्नो करिअरपछि नेपाल नै जन्मथलो भएको कारण मनिषा भारतसँग डराएकी छैनन् । संभवत नेपाल फर्किएपछि उनी नेपाली राजनीतिमा सक्रिय हुन सक्ने अनुमान गरिएको छ ।

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ...

वि.सं.२०८० चैत २९ बिहीवार ०९:२७

काठमाडौं । जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो...

‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

वि.सं.२०८० चैत २२ बिहीवार १४:५०

निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’को मुख्य भूमिकाहरु मध्ये एक भूमिकामा अभिनेत्री...

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही राम्री’ गीत सार्वजनिक

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही...

वि.सं.२०८० चैत ९ शुक्रवार ०५:०२

  गीतकार तथा समाजसेवी धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ...

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

वि.सं.२०८० चैत २ शुक्रवार १६:३६

काठमाडौं ।  द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल...

तरंग एल्बम बाट चर्चा कमाएकी कमला न्यौपानेको ‘सुनौलो बिहानी’ सार्वजनिक

तरंग एल्बम बाट चर्चा कमाएकी कमला न्यौपानेको...

वि.सं.२०८० फागुन २९ मंगलवार २१:५५

काठमाडौं । तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र...