nic bank
himalayan everesat
Nmb bank

विश्वकप पुरुष टि-२० को टुंगो अर्को महिना लाग्ने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

एजेन्सी- यो वर्ष हुने पुरुष विश्वकप (टि–२०) को टुंगो अर्को महिना लाग्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले टि–२० विश्वकप र आईसीसी महिला क्रिकेट विश्व कप २०२१ का लागि निर्णय गर्न अर्को महिनासम्म समय लिने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण अन्यौलमा रहेको विश्वकपबारे आईसीसीले ठोस निर्णय गर्न सकेन । अघिल्लो साता बसेको आईसीसीको बैठकले पनि विश्वकपको बारेमा निर्णय गर्न नसक्दा महत्वपूर्ण एजेन्डाको रुपमा आजको बैठकमा यो निर्णय पेश भएको थियो । आईसीसीको भर्चुअल बैठकमा विश्वकपका बारेमा छलफल भएपनि ठोस निश्कर्ष निस्कन नसकेको आईसीसीले उल्लेख गरेको छ ।

छलफलमा विश्वकपका लागि अझै केही महिना समय बाँकी रहेको कारण तत्काल निर्णय नलिने आईसीसीको धारणा छ । केही समयमा कोरोनाको संक्रमण हट्न पनि सक्ने कतिपयको बुझाई भएकोले धेरैले तत्काल विश्वकप स्थगित नगर्न सुझाव दिएका छन् । विश्वकप टि–२०, २०२१ मा सार्नलाई निकै सकस हुने बैठकमा कुरा उठेको थियो । महिला विश्वकप सोही बर्ष पर्ने भएको कारण टि–२० २०२२ सम्म सार्नसके मात्र औचित्य हुने धेरैले सुझाव दिएका छन् ।

बैठकमा आईसीसीले टि–ट्वेन्टी विश्वकप र आईसीसी महिला क्रिकेट विश्व कप २०२१ को भविष्यको सम्बन्धमा विभिन्न आकस्मिक योजनाहरुको अन्वेषण जारी राख्ने निर्णय भने गरेको छ । बोर्डले लगातार परिवर्तन भइरहेको जनस्वास्थ्य स्थितिको आकलन र मूल्याङकनलाई निरन्तरता दिँदै रोकिएका प्रतियोगिता सञ्चालन र अन्य बाँकी योजनाबारे केही समयमा निर्णय लिने निश्कर्ष निकाल्यो ।

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश गर्ने तयारी

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश...

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:४८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा...

ब्याटिङमा दिपेन्द्रको चमत्कार : नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

ब्याटिङमा दिपेन्द्रको चमत्कार : नेपालले कतारलाई दियो...

वि.सं.२०८१ वैशाख २ आइतवार १३:३७

एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा अल राउण्डर दिपेन्द्र सिंह ऐरी...

जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो : राष्ट्रिय झन्डा किन झुकाइयो ?

जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो : राष्ट्रिय...

वि.सं.२०८० चैत २७ मंगलवार १७:४२

  काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा...

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन : मन्त्री श्रेष्ठ

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन...

वि.सं.२०८० चैत १५ बिहीवार १७:३४

  काठमाडौं । आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली...

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...

वि.सं.२०८० चैत १४ बुधवार २३:१६

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल...

तामाङ र अधिकारी एनएनआइपीए सर्वोत्कृष्ट खेलाडी घोषित

तामाङ र अधिकारी एनएनआइपीए सर्वोत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८० चैत १२ सोमवार १८:५३

  काठमाडौं । बक्सिङका सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी...