nic bank
Nmb bank
Machhapuchchhre Bank

हास्य कलाकार उत्तम केसी अब गीतकारका रुपमा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – हास्य कलाकार उत्तम केसी अब गीतकारका रुपमा स्रोता:दर्शकमाझ आएका छन् । उनको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु…’ सार्वजनिक भएको छ । सीडी विजय अधिकारी र मनिषा राईको स्वर, सीडी विजयको सङ्गीत, राजु कार्कीको एरेञ्ज रहेको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु…’को भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन र छिरिङ लामाको कोरियोग्राफ रहेको गीतको भिडियोमा लय संग्रौला, मोहन निरौला, रवीन्द्र खडका, उत्तम केसी, लक्ष्मण वस्नेत, दमन रुपाखेती, चेतबहादुर ‘राजा’, गीता नेपाल, सुभेच्छा थापा, रामेश्वर वुर्लाकोटी, गोपाल ढकाल, उद्धवराज भट्टराई, नम्रता पौडेल, आशा भुसाल, कृष्ण रसाइली, शोभा भण्डारी, सुष्मा ढकाल, मिना जिसी, प्रकाश विक्रम थापा, जीवन थापा, दीपक सापकोटा, लक्ष्मीनाथ तिमिलसिना, सुनिल कटवाल, विनोद केसी, गायत्री पाण्डे, भगत शाह, विजय तिमिलसिना, लब्ली संगम राईलगातका कलाकारको अभिनय रहेको छ ।

ज्ञानकुमार कट्टेलको प्रोडक्सन, शाही राम पिक्चर्सको उत्पादन वितरण रहेको गीतको भिडियोमा जनक अधिकारीको छायाँकन र …..को सम्पादन रहेको छ ।
वर्तमानको अवस्थाले पिरोली रहेको र देशभक्ति गीत मार्फत एउटा जागरण ल्याउ भन्ने उद्देश्यले आफूले यो गीत स्रोता÷दर्शकमाझ ल्याएको उत्तमले बताए ।
‘जुनसुकै परिस्थितिमा पनि हाम्रा शिरहरु झुक्नुहुन्न, देशका लागि जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार हुनुपर्छ भन्ने कुरा गीत मार्फत व्यक्त गर्न खोजेको हुँ’, उत्तमले भने । नेपाली कला क्षेत्रमा सयौ नाटक र चलचित्र मार्फत दर्शकको मन जित्न सफल कलाकार उत्तम केसीको गीतकारको रुपमा सार्वजनिक यो पहिलो गीत हो । ‘अन्य थुप्रै गीत कोरेर यतिकै राखेको छु अब विस्तारै स्रोता÷दर्शकमाझ ल्याउने योजनामा छु’, उनले भने ।

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

वि.सं.२०८० चैत २ शुक्रवार १६:३६

काठमाडौं ।  द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल...

तरंग एल्बम बाट चर्चा कमाएकी कमला न्यौपानेको ‘सुनौलो बिहानी’ सार्वजनिक

तरंग एल्बम बाट चर्चा कमाएकी कमला न्यौपानेको...

वि.सं.२०८० फागुन २९ मंगलवार २१:५५

काठमाडौं । तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र...

प्रोफायल : हरिवंश किन खलासी हुन पाएनन् ? नेमिष गौतम

प्रोफायल : हरिवंश किन खलासी हुन पाएनन्...

वि.सं.२०८० फागुन २९ मंगलवार १५:५५

काठमाडौं । नेपाली फिल्ममा अभिनेता राजेश हमालको आधिपत्य सुरु भइरहँदा...

पहिलो दिन नै ‘रङ्गेली’को उत्साहजनक व्यापार, देशभर ७० प्रतिशत बढी अकुपेन्सी

पहिलो दिन नै ‘रङ्गेली’को उत्साहजनक व्यापार, देशभर...

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१८

काठमाडौं। रिलिजको पहिलो दिन नेपाली चलचित्र 'रङ्गेली'ले उत्साहजनक सुरुवात गरेको...

चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक

चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१६

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो...

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्, ‘रङ्गेली रहस्यमयी नाम हो’

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्,...

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१३

काठमाडौं। नवनिर्देशक अर्जुन सुवेदीको आफ्नै लेखनमा निर्माण भएको चलचित्र ‘रङ्गेली’...