मुख्य खबर

गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा होमबहादुर नियुक्त

  • आर्थिक प्लस संवाददाता

    २०७७ असार ५ गते, शुक्रबार १९:२४ मा प्रकाशित

काठमाडौं – बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा होमबहादुर दोङ नियुक्त भएको छ । उनलाई मन्त्रिपरिषदको बैठकले बुधबार नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार अन्र्तगत विभागीय समितिहरुको खाली रहेको पदपूर्ति गरिदै लैजानुपर्ने उद्घोष गरेसँगै समितिको खाली रहेको पदमा उनलाई नियुक्ति गरेका हुन् ।

को हुन् दोङ

दुप्चेश्वर गाउँपालिका- ५ नुवाकोट साविक बालकुमारी- २ का होमबहादुर दोङ स्वर्गीय बुबा मानबहादुर तामाङ र आमा धनलक्ष्मी तामाङका सुपुत्र हुन् । उनी एक कानूनी व्यवसायी हुन् ।

नेपाल बास्केटबल संघ २०६५ मा केन्द्रीय सदस्य, २०७० मा सचिव र ०७१/०७२मा महासचिव भएका हुन् । हाल संघको उपाध्यय छन् ।
यसैगरी २०७६ देखि हालसम्म नेपाल ओलम्पिक कमिटीका सदस्य रहेका छन् ।

दोङ २०५७ मा नेपाल ल क्याम्पसका स्ववियु सभापति भएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको समितिमा अहिलेसम्म १६ जनाले सदस्य सचिवमा कार्यभार सम्हालिसकेका छन् । जसमा कृष्णलाल थकाली (मुस्ताङ), कोमल पंगेनी (तनहुँ), जीतविर लामा (दोलखा), मार्क तामाङ (धादिङ), नरेन्द्रकुमार गुरुङ (भोजपुर), ङिमातेण्डुप शेर्पा (सोलुखुम्बु), दोर्जीजाम्बु लामा (सोलुखुम्बु), विद्यासागर योन्जन (रामेछाप), इन्द्रबहादुर गुरुङ (स्याङ्जा), नरेन्द्रकुमार गुरुङ (भोजपुर), ङिमातेण्डुप शेर्पा (सोलुखुम्बु), शेरबहादुर तामाङ (सिन्धुपाल्चोक), अजितमान तामाङ (नुवाकोट), कर्णबहादुर घले (खोटाङ), रुद्रसिंह तामाङ (नुवाकोट) र नरेन्द्रकुमार गुरुङ (भोजपुर) रहेका छन् ।

समितिको सदस्य सचिवमा नरेन्द्रकुमार गुरुङले तीन पटक कार्यभार सम्हालेका छन् भने ङिमातेण्डुप शेर्पाले दुई पटक कार्यभार सम्हालेका छन् ।

http://noc.org.np/