मुख्य खबर

कार्यालय प्रमुखलाई सोधेर वा जानकारी गराएर मात्र कर्मचारी सरुवा गराइने

  • आर्थिक प्लस संवाददाता

    २०७७ असार २८ गते, आईतवार १०:०२ मा प्रकाशित

काठमाडौं –  कर्मचारीहरुका लागि सबैभन्दा आकर्षक मानिन्छ मालपोत,भन्सार,राजश्व लगायतका कार्यालयहरु ।
यी कार्यालयहरुमा जानका लागि कर्मचारी बृत्त विशेष गरी ट्रेड युनियनका नेताहरुलाई प्रयोग गरी आकर्षक मानिएका कार्यालयहरुमा सरुवाका लागि हुने भनसुन र दबाब ।

यही भनसुन र दबाब रोकी कर्मचारी सरुवालाई पारदर्शी बनाउने अभियानको शुरु गरेको छ,भूमि व्यवस्थापन तथा अभिलेख विभागले । यस अघि पहुँचवाला कर्मचारीहरु रोजेको ठाउँमा सरुवा हुँदै आएकोमा अब कर्मचारीहरुको सरुवालाई व्यवस्थित र प्रभावकारी बनाउन भन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक्सन लिएको हो । त्यहाँका महानिर्देशक शेषनारायण पौडेलले कर्मचारी सरुवामा देखिएका विकृती रोक्नका लागि कर्मचारी सरुवा व्यवस्थापन सम्बन्धी एउटा परिपत्र नै जारी गरेका छन् ।

६ बुँदे उक्त परिपत्रमा विभाग र अन्तर्गतका कार्यालयहरूमा हुने कर्मचारी सरुवा र पदस्थापनलाई निष्पक्ष, न्यायोचित, पारदर्शी र अनुमानयोग्य बनाई कर्मचारीको खटनपटन व्यवस्थित बनाइने उल्लेख छ ।सरुवाको लागि सास्ती हैरानी खेप्नु नपरोस्, चलखेल नहोस् र सरुवा एक निश्चित पद्धतिमा आधारित भई विवादरहित बनाउन उनले त्यस्तो प्रणाली अवलम्बन गरेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताएका छन् ।

६ बुँदामा कर्मचारी सरुवासम्बन्धी निवेदनमा इमेलबाटै दिन सकिने,सरुवा तथा पदस्थापनाका लागि सम्बन्धित व्यक्ति बोहकअरुले दिएको निवेदन अस्वीकृत हुने,कर्मचारी कार्यरत कार्यालय प्रमुखलाई सोधेर वा जानकारी गराएर मात्र सरुवा गराइने,मिलेसम्म कर्मचारीहरुलाई घरपायक सरुवा गर्ने,दूर्गममा सरुवा रोज्ने कर्मचारीहरुलाई प्रोत्सहान गर्ने लगायतका छन् । जहाँ कर्मचारी सरुवाका लागि भनसुन गर्ने तथा दबाब दिन लगाउने कर्मचारीलाई कालोसूचीमा राखेर कारवाही गरिने उल्लेख गरिएको छ ।

http://noc.org.np/