मुख्य खबर

सनराइज बैंकमा लफडा

  • आर्थिक प्लस संवाददाता

    २०७७ श्रावण १४ गते, बुधबार २३:३५ मा प्रकाशित

काठमाडौं –  सनराइज बैंकमा दबाब परेपछि  मारवाडीहरुको लगानी रहेको सनराइज बैंकमा लफडा निस्किएको छ । त्यहाँ सञ्चालकलाई सिइओ अर्थात प्रमुख कार्यकारी अधिकृतले नटेर्ने र प्रमुख कार्यकारी अधिकृतलाई सञ्चालकहरुले नगन्ने भएपछि विवादले उग्ररुप लिएको छ । अहिलेका राज्यमन्त्री मोतीलाल दूगडसँग नाम मिल्ने मारवाडी व्यापारीहरुको स्वामित्व रहेको सनराइज बैंकमा त्यहाँका सञ्चालकहरुले सञ्चालक समितिले किन बर्खास्त नगर्ने भन्ने प्रश्न गरेपछि त्यहाँ विवादले उग्र रुप लिएको हो । अस्ति ८ गते बैंकले शर्मालाई तीन दिनको समय सीमा तोकेर सफाइ पेशगर्न भनेपछि सो बैंकका सञ्चालक र सीईओबीचको विवाद सतहमा आएको हो । जसलाई राष्ट बैंकले नै हस्तक्षेप गर्नुपर्ने स्थिती आएको छ ।

http://noc.org.np/