मुख्य खबर

मन्त्रिपरिषद् निर्णय : ५० प्रतिशत मात्रै सरकारी कार्यालय र बैंकमा कर्मचारी

  • Avatar
    Aarthik

    २०७७ श्रावण २८ गते, बुधबार ०९:१५ मा प्रकाशित

काठमाडौं – सरकारले कोरोना भाइरसको संक्रमण व्यापक बन्न थालेपछि बढी जनसम्पर्क हुने सरकारी सरकारी तथा गैरसरकारी कार्यालयहरु अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारी मात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने ।’

सरकारले होटल तथा रेष्टुरेण्टको सेवा खुला गरेकोमा अब होटल तथा रेस्टुरेन्टबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा मात्र दिने निर्णय गरेको छ ।

नेपाल प्रवेशका लागि तोकियो यी १० नाका
यसैगरी शैक्षिक संस्थाहरू , सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्वीमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना हाल सञ्चालन निषेधकै अवस्थामा रहेको हुँदा सम्बन्धित मन्त्रालयबाट यसको नियमित अनुगमन गरी कडाइका साथ पालना गर्ने गराउने एवं उल्लङ्घन गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने पनि खतिवडाले बताए ।

यस्तै भारतबाट नेपाल आउनै पर्नेका लागि १० वटा सीमा नाका खुला गरिएको छ भने यो प्रयोजनका लागि बाहेक अन्तर्राष्ट्रिय सीमा नाका भदौ ३१ सम्मको लागि बन्द गरिएको छ । योबीचमा पनि दुवानीका साधन सञ्चालनमा भने बाधा पर्ने छैन ।

मन्त्रिपरिषदले गरेका निर्णयहरु

http://noc.org.np/