मुख्य खबर

सयौंको सफलता सङ्ग जोडिएका नारायणको केदार घिमिरे सङ्गको त्यो भेट 

  • Avatar
    Aarthik

    २०७७ श्रावण २९ गते, बिहीबार २२:५६ मा प्रकाशित

काठमाडौं – कुनै व्याक्ति सफल हुन्छ भने त्यसका पछाडी हजारौ कुराहरु सिडी बनेर बसेका हुन्छन । संसारका सवै व्याक्ति सफल हुदैनन केही व्याक्तिहरु नसोचेको सफलता प्राप्त गरिरहेका हुन्छन उनिहरु बारम्बार एउटै कु्रा भनि पनि रहेका हुन्छन यति सफलता शुरुका दिनमा सोचेको पनि थिईन, हुन पनि अधिकांस घटनाहरु यस्तै पनि हुने गर्दछन के भनेर के सोचेर के गरिरहेको हुन्छ त्यसले कहिले काही सफलताको शिखरमा लगेर अवतरण गराई दिन्छ हाम्रो मा एउटा निकै चर्चित उखान छ, “भाग्य छ भन्दैमा चाल्नामा दुध राखेर अडिदैन ’’ यसले के स्पष्ट पारेका छ भने भाग्यलाई कड मिहिनेतले चम्काउनु पर्दछ यहि उखान संग मिल्दो कहानी भएका व्याक्तिहुन केदार प्रसाद घिमिरे (माग्ने बुढा) एउटा साधारण टेम्पो चालक आज लार्खौ मानिसहरुका फ्लोअर हुनुहुन्छ दर्जनौ एवार्डबाट सम्मानित पनि हुनुहुन्छ यो सानो दुःखले र सानो मिहिनेतले प्राप्त सफलता होईन ।

२०५८ भदौ ४ गतेबाट आफ्नो इतिहास सुरु गर्नु भएका नेपालकै ईतिहासमा सर्वाधिक एवार्डबाट सम्मानित व्याक्तित्व कथा लेखक, निर्देशक तथा अभिनेता केदार प्रसाद घिमिरे (माग्ने बुढा) आज चर्चाको शिखरमा हुनुहन्छ । यसका पछाडि उहाँ एक जना व्याक्तिको नाम कहिल्यै विर्सन सक्दिन भन्नुहुन्छ, त्यो व्याक्तिको नाम हो व्युटिसियन नारायण भट्टराई । नारायण भट्टराई जसले आफ्नो पेशामा जुन जिम्मेवारी पाउनु भयो यसलाई पनि अवसरको रुपमा लिनु हुन्छ । साथै यसलाई सहि व्यवस्थापन गर्न सकेकै कारण आज आफु पनि सफलताको शिखरमा रहेको कुरा बताउनु हुन्छ ।

केदार प्रसाद घिमिरेरे जसले एउटा सानो रेडियो कार्यक्रम गृहणीमा आफेनो आवाज दिएर करियर शुरु गरेका व्याक्ति २०६२ सालदेखी नेपालकै एकमात्र सरकारी टेलीभिजन नेपाल टेलीभिजनबाट मेरी बास्सै नामको टेली सिरीयल का ४०० भागमा मुख्य पात्रकारुपमा प्रस्तुति दिएर नाम र दाम दुवै कमाएका माग्ने बुढा २०७० देखी सानो पर्दा बाट ठुलो पर्दामा प्रवेश गर्नु भएको हो । २०७० देखी फिल्म क्षेत्रमा प्रवेश गर्नु भएका माग्ने बुढा
२०७० सालमा ६ एकान ६
२०७१ सालमा वडा नं. ६
२०७२ सालमा छक्का पन्जा
२०७३ सालमा छक्का पन्जा २
२०७४ सालमा छक्का पन्जा ३
२०७५ सालमा राम कहानी तथा छ माया छपक्कै जस्ता चर्चित फिल्ममा अभिनय गरि सक्नु भएका माग्ने बुढा यि माथिका सवै फिल्मबाट उत्कृष्ट एवार्डहरु पाईसक्नु भएको छ । माग्ने बुढा आज जुन स्थानमा हुनुहुन्छ त्यको पछाडी हजारौं आरोह अवरोह हरु त छन नै होला तर ति सवै कुरा आजको सफलताको शिखर चुम्न सफल भए । माग्ने बुढाका २ वटा सफलता कुराहरु मानिन्छन ति हुन १. उहाँको बोल्ने तरिका अथवा भनौ आवाज २. उहाँको पात्र अनुसारको गेट अप

एक नं. बुदालाई त उहाँले आफ्नै जन्मजात प्राप्त भगवानको प्रसाद ठान्नुहुन्छ । २ नं. बुदामा जुन कुरा छ यसमा उहाँले एक जना चर्चित तथा अनुभवि मेक अप आर्टिस नारायण भट्टराईको ठुलो हात छ भन्न् हुन्छ । केदार जी जब लामो समय सम्म नेपाल टेलिभिजन बाट प्रसारित कार्यक्रम मेरी बास्सै बाट चर्चित भईसक्नु भएको घिमिरे ठुलो पर्दाका लागि तयारी गर्दै हुनुहुन्थ्यो त्यतिबेला टेलिभिजन कार्यक्रममा भन्दा केही फरक देखिनु पर्ने थियो । हुन पनि हरेक फरक कार्यक्रममा पात्रको देखाई फरक पार्नु पर्ने हुन्छ । कथाले मागेको पात्र हुन एक दमै जरुरी छ त्यसको शिलसिलामा केदार जी एकदमै अनुभवि विज्ञको खोजीमा हुनुहुन्थ्यो यसै प्रसंगमा भेट्नु भयो मेकअप आर्टिस नारायण भट्टराईलाई, आफ्नो ईतिहास तथा अब बन्ने फिल्ममा आफ्नो भूमिका बताई सकेपछि भट्टराई जी ले त्यस विषयमा लामो अध्यायन गरेपछि केदार जी को गेट अपको तयारी गर्नु भयो र फिल्मको लागि परफेक्ट पारिदिनु भयो जुन केदारजी आज पनि नारायणजीको मिहिनेत र कलालाई सम्झिएर म कहिल्यै पनि विर्सिन सक्दिन भन्नुहुन्छ । यो क्षण एउटा पात्रको लागि निकै चुनौतिको क्षण थियो जुन अवस्थामा एउटा एक किसिमको कार्यक्रमबाट १८० डिग्रीको कोणमा चेन्ज हुनु थियो । आफुले कमाएको नामको पछाडी पनि केदारजी लाई ठुलो जिम्मेवारी थियो यि सवै कुराले पिरोली रहेको अवस्थामा औषधी बनेर उदाएको थियो भट्टराई हेयर डिजाईन एण्ड ब्युटि केयर ।

माग्ने बुढा नियमित रुपमा ब्युटि केयरको भ्रमण पछि आफुलाई कथा अनुसार परफेक्ट महशुस भएको २०७० तिरको घटनालाई सम्झनु हुन्छ भने आफुले तयार पारेको व्याक्तिले सफलताको शिखर चुमेकोमा पनि भट्टराईजी केदारजी संगको संगको भेटलाई आफ्नो जिवनकै सफल भेट ठान्नु हुन्छ । प्रत्येक फिल्महरुले ऐतिहासिक सफलता पाएका थिए त्यसमा आम दर्शकहरु केदारजीको प्रशंसा नगर्ने सायद कोही थिएन । उहाँको हरेक फिल्ममा रोल अनुसारको गेट अप हुने गर्दथ्यो हुन पनि एउटा कलाकारलाई गेटअपले ठुलो भूमिका खेल्दछ।

भन्ने कुरात हामि सवैले विश्वास गरेको कुरा पनि हो केदार जी सानो पर्दामा प्राय टोपी लगाएर एक्टिङ गर्नुहुन्थ्यो त्यसमा हेयरको खासै भूमिका हुदैनथ्यो पछि ठूलो पर्दामा कपालको डिजाईन पनि ठूलो चुनौती चियो भन्नु हुन्छ दुवैजना, लगातार बनिरहेको फिल्ममा केदार जी नारायणजीको सरसल्लाहमा मात्रै आफ्नो लुक्सहरु चेन्ज गर्नुहुन्थ्यो हुन त एकजना कलाकार आफ्नो बारेमा पटक–पटक विशेषज्ञको सरसल्लाहमा मात्र अगाडी बढ्छ भने अवस्य पनि खर्च धेरै हुन्छ तर केदार जी यि सवै कुराहरुलाई सम्झौता गर्न सकिदैन भन्नु हुन्छ र यहि विश्वासले नै आज आफु यो स्थानमा रहेको कुरा बताउनु हुन्छ ।

नारायण जी संगको भेटलाई जोड दिनु हुने मोडल लक्ष्मण जी लाई धन्यवाद दिदै केदार जी त्यो भेटको प्रसंगमा हाँस्दै भन्नुहुन्छ म पहिलो पटक नारायणजी लाई ३ घण्टाको प्रतिक्षा पछि मात्र भेट्न सफल भएको थिए यहि प्रतिक्षको समयमानै मैले एउटा पूरै हिन्दी फिल्मसकेको थिए, त्यो फिल्म थियो राजा हिन्दुस्तानी निकै पहिला बजारमा आएको यो फिल्म मलाई हेर्ने इच्छा हुदा हुदै पनि मैले हेर्न सकिराखेको थिईन त्यो फिल्म हेर्ने अवसर पनि मिलाईदिनु भएको थियो नारायणजिले ।

नारायणजिको सरल स्वभाव, मिहिनेती बानी अरुको भावना बुझ्ने र छिटो निर्णय गर्न सक्ने क्षमता भएकै कारण आफुले सोचेको जस्तै आफुलाई पाएको केदार जी दोहा¥याई रहनु हुन्छ जति नै कोसिस गरेपनि हुदैन जब व्याक्तिमा क्षमता छैन भने बरु विर्गन सक्ने सम्भावना धेरै हुन्छ । धेरै मानिसहरु नारायणजी लाई आफ्नो सफलताको कडी ठान्नेहरु भेटिन्छन । आफुलाई छोटो समयमा खोजे जस्तो पाएकोमा म खुसी छु भन्ने कुरा ग्राहकबाट आउदा आफुलाई गर्व लाग्ने कुरा गर्दा दुई थोपा आसु झार्नु भयो नारायणजी, शुरुका दिनमा सामाजीक तथा आर्थिक रुपमा जुन पिडा थियो त्यसमा निकै फराकिलो फरक आएको उहाँको बुझाई छ । लामो समयको अनुभवले काममा निकै फिनिसिङ देखिनुका साथै स्वास्थ्यमा पनि असर नपर्ने कुरामा ग्राहकहरु ढुक्क भएको कुरा देखीन्छ नारायणजि का विभिन्न पत्र पत्रिकामा आउने सुन्दरता सम्वन्धि टिप्सहरुले पनि धेरै मानीसहरुले फाईदा लिएको देखिन्छ ।

हेयर डिजाईन छालाको व्यवस्थापन कपडाको रोजाई यि सवै कुरामा बराबर ध्यान दिनु पर्छ मेक अप गर्दा स्वास्थ्यलाई १ नं. मा राख्नु पर्छ हामी १ दिन बाच्ने होईन जिवन लामो छ आज राम्रो दखिएर मात्र पुग्दैन समानान्तर रुपमा जीवनलाई बगाउनु पर्दछ सुन्दरताका लागि गरिने हरेक कुराहरु आफुलाई शारिरीक, मानसिक, तथा सामाजीक रुपमा पचाउन सकिने हुनु पर्दछ भन्ने मुल नारा नारायण को हो भन्ने कुरा स्पष्ट रुपमा जो कोहिले पनि बुझ्न सकिन्छ ।

http://noc.org.np/