मुख्य खबर

नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा गायक ग्याल्जेन दोर्जे पक्राउ

  • Avatar
    Aarthik

    २०७७ भाद्र ५ गते, शुक्रबार १९:४६ मा प्रकाशित

काठमाडौँ – म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा गायक ग्याल्जेन दोर्जे तामाङ सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

नेपाल प्रहरीले उक्त म्युजिक भिडियो बनाउने ग्याल्जोमसहित हालसम्म ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।

युट्युबमा सार्वजनिक भएको देशद्रोही बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाइएको छ ।

मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन् । भिडियोमा ढाको टोपी र झन्डाको अपव्याख्या गरिएको छ । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली सहित नेताहरुको तस्वीर समेत जलाईएको छ ।

http://noc.org.np/