मुख्य खबर

सज्जा चौलागाईं नेपाल आइडल बजित बन्न सफल

  • Avatar
    Aarthik

    २०७७ भाद्र १२ गते, शुक्रबार २२:५३ मा प्रकाशित

काठमाडौं – नेपाल आइडल सिजन–३ को उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंले जितेकी छिन् । नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि हात पारेकी हुन ।

त्यस्तै, फस्ट रनरअप प्रवीण बेडुवाल बन्न सफल भए भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले जिते । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गर्नुभएको हो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका थिए ।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो।

नेपाल आइड सिजन–३ को उपाधि विजेता सज्जा चौलागाईले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअप प्रवीण भेडवालले १५ लाख र सेकेन्ड रनरअप किरण कुमार भुजेलले पाँच लाख नगद प्राप्त गरेका छन् ।

http://noc.org.np/