मुख्य खबर

राजश्व संकलन गर्न बैंकका काउन्टर भदौ २५ गतेसम्म खुला गर्न : राष्ट्र बैंकको निर्देशन

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र २४ गते, बुधबार १२:०४ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंकका काउन्टर खुला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राजश्व बुझ्ने प्रयोजनका लागि भदौ २३, २४ र २५ गते नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पुर्ण काउन्टर खुला गर्न निर्देशन दिएको हो ।

राजश्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न स् राष्ट्र बैंकको निर्देशन

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा तथा लकडाउन गरिरहेका छन् । यसै क्रममा कतिपय बैंकका शाखा कार्यालयहरु बन्द छन् । अब भदौ २३ देखि २५ गतेसम्म भने बैंकहरुले सबै काउन्टर खोल्नु पर्ने भएको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंकका काउन्टर खुला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राजश्व बुझ्ने प्रयोजनका लागि भदौ २३, २४ र २५ गते नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पुर्ण काउन्टर खुला गर्न निर्देशन दिएको हो ।

राजश्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा तथा लकडाउन गरिरहेका छन् । यसै क्रममा कतिपय बैंकका शाखा कार्यालयहरु बन्द छन् । अब भदौ २३ देखि २५ गतेसम्म भने बैंकहरुले सबै काउन्टर खोल्नु पर्ने भएको हो ।

http://noc.org.np/