मुख्य खबर

प्रधानमन्त्रीको आग्रह कर्मचारीहरुलाई जन सेवामा समर्पित हुन

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र २४ गते, बुधबार १२:३१ मा प्रकाशित

काठमाडौें । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुन जरुरी रहेको बताएका छन् । प्रत्येक वर्ष भदौ २२ मा मनाइने निजामती सेवा दिवसका अवसरमा सबै निजामती कर्मचारीलाई हार्दिक बधाई दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार शुभकामना सन्देश जारी गर्दै आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुनसमेत जोड दिएका छन् ।

निजामती कर्मचारीमा उच्च नैतिक आचरण र पेसागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिएका राष्ट्र सेवकहरूको प्रशंसा गरेका छन् ।

लोकतन्त्रका लाभहरूको वितरण आम नागरिकसम्म पु¥याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ भन्दै प्रधानमन्त्रीले कर्मचारीले आफ्नो क्षमता अभिवृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमानदारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

आज ‘स्वच्छ र सक्षम निजामती प्रशासन स् समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ १७ औँ निजामती सेवा दिवस मनाइँदैछ । औपचारिक रूपमा वि।सं। २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको सम्झना स्वरूप यो दिवस मनाउन थालिएको हो ।

http://noc.org.np/