मुख्य खबर

छोरीको परिचय कसै सँग जोडीएर शुरुवात हुन्छ

  • उद्धव कुमार घिमिरे

    २०७७ भाद्र २५ गते, बिहीबार २०:४७ मा प्रकाशित

छोरीको परिचय कसै सँग जोडीएर शुरुवात हुन्छ वा उनी आँफैमा पूर्ण मानव हुन  एउटा पुरुष सन्तान जन्म देखी मृत्‍यु सम्म एउटा परिचय र पहिचानको सुबिधा बाँच्न पाइरहदा, सोही घर कि छोरीले आफ्नो परिचय बनाउदै भात्काउदै गर्नु पर्ने किन हुन्छरु के परिचयको समर्पण र त्याग छोरीको निम्ती अपरिहार्य आवश्यकता हो रु जन्म दर्ताको किताब, बिद्यालयको भर्ना, योग्यताको प्रमाण, नागरिकतामा उल्लेखित नाम थर र सवारि चालक अनुमती पत्रमा भएको नाम भात्काउनु जरुरी छरु विवाह र परिवार रुपी संस्थाको हिस्सा बन्नको निम्ती छोरीको परिचय भत्किनु उपलब्धी हो रु महिला बन्ने योग्यता भित्र त्याग अर्थपूर्ण गुण हो रु पटक पटक बन्नु र भत्किनु पर्ने यो लीला भित्र छोरीको जन्मसंगत स्व अस्तित्व देख्छौरु छैन, किनकी अहिले छोरी भएर जन्मने, हुर्किने र शिक्षित हुने बिद्यालयको पाठ्यक्रम उनिहरुको स्व अस्तित्व मार्ने ढाचामा बनेको छ ।

छोरी भएर जन्मिने हरेक मानवले गुज्रिनु पर्ने बाटो जन्जालको छ । बुहारी, आमा र महिला सदस्य हुनु पहिले एउटा छोरीले त्यती अबरोध र अनुभव झेल्नै पर्छ जती एक पुरुषले जीवनकाल भर भोग्नु पर्दैन । समाज ले महिला बनाउन तालिम दिने गरी तयार गरेको व्याकरण र शब्दकोष यस्तै रहुन्जेल कोही छोरी आफ्नो पहिचान र परिचयमा आत्मनिर्भर हुने छैनन । सामाजिक पृष्‍ठ भुमिमा हामी समानता को खेल खेल्न सक्छौ तरु बिचार गर्न जरुरी छ कि जन्म देखी मृत्‍यु सम्म छोरीको नाम थर उही हुन किन सक्दैन

http://noc.org.np/