मुख्य खबर

वीरगञ्ज महानगरपालिका मा दुई छाक खाना पुर्याउन नसकेपछि दलित युवकले गरे आत्माहत्या

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र २६ गते, शुक्रबार २०:०८ मा प्रकाशित

वीरगंज । वीरगंजमा लामो समयसम्मको निषेधाज्ञाका कारण दुई छाक जोर्न नसकेपछि एकजना दलित युवकले आत्महत्या गरेका छन् । वीरगंज महानगरपालिका–३१ बेलवाका ३० वर्षीय सतन माझीले बिहीवार राति विष सेवन गरेका थिए ।

विष सेवनपछि परिवारजनले उनलाई उपचारको लागि नेपाल इन्डो अस्पताल वीरगंजमा पुर्याएका थिए । लकडाउन र निषेधाज्ञाका कारण रोजगारी गुमाएका माझीको दुई ससाना छोराछोरी, एक पत्नी र आमा छन् । लकडाउनको कारण दुई छाक खानाको जोहो गर्न नसकेपछि तनावमा उनले विष सेवन गरेको मृतकका परिवारजनले बताए ।

शुक्रवार नेपाल इन्डो अस्पतालले रु ९ हजारभन्दा बढीको बिल परिवारजनलाई थमाएपछि सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका सचिव दिलीप प्रधानको पहलमा शुल्क माफी गरिएको थियो । दुई छाक जोर्न नसक्ने दलित परिवारले ९ हजार शुल्क कसरी तिर्न सक्छन् भन्दै सचिव प्रधानको पहलमा अस्पतालले बिल मिनाहा गरेको थियो ।

http://noc.org.np/